इराकमा भएको बम बिस्फोटमा कम्तीमा १९ जनाको मृत्यु

Posted on: 31 Dec, 2016

पुस १६, बग्दाद । इराकको बग्दादमा भएको बम विस्फोटनमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । 

बग्दादको भित्र भागमा रहेको अति व्यस्त बजार क्षेत्रमा शनिबार दुई ओटा बम विस्फोट भएको सरकारी अधिकारीहरुले जनाएका छन् । 

घटनामा परी अन्य दर्जनौं घाइते भएका छन् । कम्तीमा पनि ३८ जना घाइते भएका समाचारहरुमा जनाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । रासस/एएफपी  

यस बिषयमा तपाइको प्रतिक्रिया...!