आफ्नै परिवारका दश जनाको हत्या गरी आत्महत्या

Posted on: 04 Jan, 2017

पुस २०, भारत । भारतको उत्तर प्रदेशस्थित अमेथी जिल्लामा आफ्नै परिवारका १२ जनालाई विषादी सेवन गराई लठ्याएपछि धारिलो हतियार प्रयोग गरी १० जनालाई हत्या गरी आफुले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

महनोशा क्षेत्रमा भएको उत्तर घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक प्रहरी अनुसन्धानबाट ४५ वर्षीय जमालुले पहिले परिवारका सम्पूर्ण सदस्यलाई विषादी खुवाई धारिलो हतियारको सहायता हत्या गरको प्रहरी उपरीक्षक सन्तोषकुमार सिंहले बताए । 

परिवारका सदस्यहरुको हत्या पश्चात जमालुले झुन्डिएर आत्महत्या गरको हुनसक्ने बताइएको छ । घटनापछि परिवारकै दुईजनालाई स्थानीय एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । रासस/पीटीआई  

यस बिषयमा तपाइको प्रतिक्रिया...!