'एलो फिभर'का बिरामीको मृत्युपछि सङ्कटकाल घोषणा

Posted on: 14 Jan, 2017

माघ १, ब्राजिल । ब्राजिलको मिनस जेराइस राज्यमा ‘एलो फिभर’बाट ३८ जनाभन्दा बढी मानिसको मृत्यु भएको र थप बीस नमूनामा पनि रोगको सङ्क्रमण भेटिएपछि उक्त क्षेत्रमा स्वास्थ्य सङ्कटकालको घोषणा गरी स्थानीय जनतालाई रोगप्रति सचेत रहनु र शंकास्पद बिरामी भेटिएमा तत्काल उपचार सेवा लिन आग्रह गरिएको छ । 

शुक्रबार अपरान्ह्वासम्म उक्त क्षेत्रमा १३३ शङ्कास्पद बिरामी भेटिएका बताइएको छ। प्रान्तिय गभर्नर फर्नान्डो पिभेन्टले राज्यका तीन क्षेत्रमा अवस्थित १५२ शहरमा स्वास्थ्य क्षेत्रमा सङ्कटकालको घोषणा गरिएको बताए ।

अहिलेसम्म गाउँबाट प्राप्त नमूनामा मात्र एलो फिभरको प्रभाव देखिएको बताइएको छ । रासस/ सिन्ह्वा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!