डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदमा दर्ता

Posted on: 10 Feb, 2017

माघ २८, काठमाडौं । अमेरिकी संसदमा डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विधेयक पेश भएको छ । 

यो विधेयक पास भएमा नेपालीहरु पनि प्रभावित हुनेछन् । रिपब्लिकन सिनेटर टम कटन र डेविड पर्डयूले 'डिभी चिठ्ठा' बन्द गर्ने विधेयक संसदमा दर्ता गराएका हुन् । 

टोम कटन र डेभिड पर्डिउले प्रस्ताव गरेको विधेयकमा डिभी चिठ्ठा बन्द गर्नुका साथै फेमेली कोटामा भारी कटौती गर्ने उल्लेख छ । यस्तै फेमेली कोटा अन्तर्गर्त अमेरिकामा गि्रनकोर्ड होल्डरले आफ्नो दाजुभाइ दिदी बहिनी र आमाबुबालाई अमेरिकी नागरिक बनाउन सिफारिस गर्न सक्नछन् ।

‘बलियो रोजगारीका लागि अमेरिकी अध्यागमनमा सुधार’ नामक विधेयकलाई संसदले पारित गरे 'डिभी चिठ्ठा' बन्द हुनेछ । उक्त विधेयक पास भएमा अमेरिकाले प्रति वर्ष ५० हजारका दरले प्रदान गर्दै आइरहेको 'डिभी चिठ्ठा' भिसा बन्द हुनेछ ।

विद्येयक पारित भए 'डिभी चिठ्ठा'को सुविधा पाएका नेपालीमाथि प्रभाव पर्नेछ । सन् १९९० मा आप्रवासी भित्र्याउने कानुन निर्माण भएयता अमेरिकाले 'डिभी चिठ्ठा'मार्फत आप्रवासीलाई स्थायी बसोबासको व्यवस्था गर्दै आएको छ । संसदमा दर्ता भएको विधेयक पास भएपनि सन् २०१८ को 'डिभी चिठ्ठा'लाई भने कुनै असर नगर्ने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!