चालकरहित विमान आक्रमणमा परी २६ लडाकूको मृत्यु

Posted on: 21 Mar, 2017

चैत ८, अफगानिस्तान । अफगानिस्तानको पूर्वी राज्य नानगार्हारमा भएको चालकरहित विमान (ड्रोन) आक्रमणमा परी इस्लामिक स्टेट (आइएस) समुह आबद्ध कम्तीमा २६ जना लडाकुको मृत्यु भएको छ । 

लुकेर बसेका ती आइएस आतङ्ककारी लक्षित सो आक्रमण भएको सो प्रान्तमा प्रहरी प्रवक्ताले जनाकारी दिएको छ । 

आचिन जिल्लामा २४ र दुई जना नाजिआन जिल्लामा भएको ड्रोन आक्रमणमा मारिएका प्रहरीले मङ्गलबार जनाएको छ । अफगानिस्तानमा हिंसात्मक गतिविधि गरिरहेका लडाकू विरुद्ध अमेरिकी सेना आवद्ध ड्रोन हुँदै आएको पाइन्छ । 

राजधानी काबुलदेखि १२० किलोमिटर पूर्वतर्फ पर्ने नानगार्हार र जलालाबादमा विषेशगरेर आइएस समुहका लडाकुले हिंसात्मक गतिविधि गर्दै आएका छन् । रासस÷सिन्ह्वा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!