सिरियामा अमेरिकाद्वारा मिसाइल आक्रमण

Posted on: 07 Apr, 2017

चैत २५, काठमाडौं । अमेरिकाले सिरियामा मिसाइल आक्रमण सुरु गरेको छ । विद्रोहीको कब्जामा रहेको क्षेत्रमा रासायनिक आक्रमण भएपछि अमेरिकाले यो कदम चालेको हो ।

पेन्टागनका अधिकारीहरुका अनुसार भूमध्यसागरमा रहेको नौसैनिक युद्धतोपबाट ५० भन्दा बढी टोमाहक क्षेप्यास्त्र प्रहार गरिएको छ ।

अमेरिकाले उत्तरी सिरियाको होम्स नगरको सिरियाली हवाई अखडालाई निशाना बनाएको बताइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले रासायनिक हमला भएको भनिएको सिरियाली हवाई अखडामा सैन्य कारबाहीका लागि आफूले आदेश दिएको बताएका छन् । उनले भने, रासायनिक अस्त्रको विस्तार र प्रयोग अमेरिकी राष्ट्रिय सुरक्षा स्वार्थ विपरित छ ।’

मंगलबार मात्र सिरियाको एक इलाकामा नर्व ग्यासको प्रयोग भएको थियो, जुन इलाका विद्रोहीको कब्जामा छ ।

यो घटनापछि अमेरिकी विदेशमन्त्री रेक्स टिलिरसनले भविश्यको सिरियामा त्यहाँका वर्तमान राष्ट्रपति बसर अल असदको कुनै भूमिका हुन नहुने बताएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!