२९ भारतीय माझी पाकिस्तानद्वारा पक्राउ

Posted on: 27 Apr, 2017

बैशाख १४, इस्लामाबाद । पाकिस्तानका सरकारी अधिकारीले २९ जना भारतीय माझीलाई बिहीबार नियन्त्रणमा लिएका छन् । 

देशको सामुद्रीक व्यापारसम्वन्धी नियमहरु उलङ्घन गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन् । 

सामुद्रिक व्यापारसम्बन्धी सुरक्षा निकायले २९ जना माझीसँगै पाँच ओटा डुङ्गा पनि नियन्त्रणमा लिइएको बताएको छ । 

“भारतीय माझीले अवैधरुपमा पाकिस्तानी जलक्षेत्रमा माछा मारेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो,” सामुद्रिक व्यापारसम्वन्धी सुरक्षा निकाय (एमएसए)का प्रवक्ताले सञ्चारकर्मीलाई भन्नुभयो । 

एमएसएले नियन्त्रणमा लिइएका माझीहरुलाई थप अनुसन्धान र कानुनी कारबाही प्रक्रियाका लागि प्रहरीलाई हस्तान्तरण गरेको छ । उनीहरुलाई अदालती प्रक्रियातर्फ लगिने प्रहरीले जनाएको छ । 

भारत र पाकिस्तानले यसैगरी पटकपटक एक अर्को देशका माझीलाई नियन्त्रणमा लिने गर्दछन् । 

यस महिनामा मात्रै पाकिस्तानी सुरक्षाकमीले भारतीय माझीहरुलाई नियन्त्रणमा लिएको यो दोस्रो पटक हो । गत मार्च २६ तारिखका दिन पाकिस्तानी अधिकारीहरुले झन्डै एक सय जना भारतीय माझीलाई नियन्त्रणमा लिएका थिए । रासस/सिन्ह्वा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!