टर्कीमा नौ हजार प्रहरी अधिकारी निलम्बित

Posted on: 27 Apr, 2017

बैशाख १४, अङ्कारा । टर्कीमा बुधबार अबेर राति गुलेनिस्ट समूह अर्थात फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफइटिओ)सँग आवद्ध भएको आशङ्कामा नौ हजार १०० प्रहरी अधिकारी निलम्बित भएका राज्यद्वारा सञ्चालित अनाद्लु समाचार समितिले जानकारी दिएको छ । 

बुधबार बिहान सबेरै टर्की प्रहरीले देशभरी गरेको कारबाहीको क्रममा एक हजारभन्दा बढी एफइटिओका सदस्य पक्राउ परेका टर्कीज गृह मन्त्रालयले जानकारी दिएको छ । 

सन् २०१६ को जुलाई १५ मा राष्ट्रपति एर्डाेगानलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ उहाँ विदामा रहेको बेला कूको प्रयास भएको थियो । जुन प्रयास असफल भयो । ‘कू’ को प्रयास घन्टौँ लामो लडाइपछि एर्डोगान समर्थित सेनाले यसलाई नियन्त्रणमा लियो र त्यस प्रयासलाई विफल सावित गरिदिएको थियो । 

यस कूको प्रयास गरेको आरोपमा सैन्य क्षेत्रका वरिष्ठ अधिकारी, पत्रकार, न्याय क्षेत्रका वरिष्ठ अधिकारी, उच्चस्तरीय व्यापारीलयागात हजाराँैको सङ्ख्यामा टर्कीका नगरिक पक्राउ परेका थिए । 

एर्डोगानलाई सत्ताच्युत गर्ने उद्देश्यले गरिएको असफल ‘कू’ प्रयासपछि सरकारले प्रहरी, सेना, शिक्षक, टर्की एयरलाइन्सका कर्मचारीसमेतलाई गरी करिब ५० हजारलाई जागिरबाट बर्खास्त नै गरेका थियो 

टर्कीले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफइटिओ)को संलग्नता रहेका आरोप लागेको थियो । 

अमेरिकामा स्वघोषित निर्वासनमा रहनुभएका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको थियो सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा सलग्न रहेको बताइरहदा गुलेन र उहाँ सम्बद्ध धार्मिक सङ्गठनले उक्त असफल ‘कू’ प्रयासमा आफूहरूको कुनै संलग्नता नरहेको जनाउँदै आएका थिए । 

गुलेन र उनका समर्थकले आफूहरू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दाबी गर्दै आएका छन् । रासस/सिन्ह्वा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!