कुवेती अमिर सेख ६ अरब राष्ट्र र कतारबीचको समस्यालाई लिई साउदी अरब प्रस्थान

Posted on: 07 Jun, 2017

जेठ २४, कुवेत | कुवेतका अमिर शेख सवाह अल अहमद अल सवाह कतार र छ अरब राष्ट्रसंगको कूटनीतिक सम्बन्ध सङ्कट समाधानका लागि मध्यस्थता गर्न साउदी अरब प्रस्थान गर्नुभएको छ । 

कुवेती अमिर साउदी अरब, इजिप्ट, बहराइनलगायतका छ खाडी मुलुकले कतारले आतङ्कवादलाई सघाएको आरोपमा कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि सोमबारदेखि देखिएको सङ्कट समाधानमा पहल गर्न त्यसतर्फ जानुभएको कतारी सांसदहरुले जनाएका छन् । 

“अमिर मंगलबारनै साउदी अरबका लागि छुट्नुभएको छ” कतारका ख्यातीप्राप्त सांसद अलि अल देकवासीले कतारको संसदीय बैठकमा बताउनुभयो । “हामी प्रार्थना गरौँ भगवानले उहाँको भ्रमणको उद्देश्य पूरा गर्नुहुनेछ र अरब राष्ट्रबीचको एकतालाई सफल पार्नुहुनेछ ।” 

“कुवती तथा खाडी मुलुकका जनताको समर्थन अरब मुलुकबीच देखिएको वैचारिक भिन्नता अन्त्य गर्न अमिरले गर्ने पहलप्रति रहनेछ” संसद जमान अल हर्षबासले बताउनुभयो । रासस/एएफपी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!