कतार संकटः आरोपमा कति सत्यता, अबको बाटोके होला ?

Posted on: 08 Jun, 2017


बीबीसी/जेठ २५ , काठमाडौँ । कतारको चर्चा उसको सम्पदा र सम्पत्तिका कारण हुने गर्दछ तर खाडी देशले कूटनीतिक सम्बन्ध समाप्त गरेर कतारलाई अलग्याइएको छ ।

कूटनीतिक सम्बन्ध समाप्त गर्ने देशमा साउदी अरब, इजिप्ट, संयुक्त अरब इमिरेट्स, बहराइन, यमन र लिबिया पर्छन् । साउदी अरब, यूएई, इजिप्ट र बहराइनबाट कतारका लागि हवाई, जमिन र समुन्द्री बाटो बन्द गरिएको छ ।

एकोहोरो रुपमा यी देशले कतारमाथि इस्लामिक स्टेट र चरमपन्थलाई प्रश्रय दिएको भनी आरोप लगाइरहेको छ । यद्यपी, कतारले भने चरमपन्थलाई बढावा दिएको आरोपलाई खण्डन गर्दछ ।

आरोपमा कति सत्यता ?

चरमपन्थलाई बढावा दिएको यी आरोपमा कति सत्यता छ यो प्रश्नको जवाफमा अल जजिराका पूर्व पत्रकार र अहिलेका हिन्दुस्तान टाइम्सका नेशनल अफेयर एडिटर रुबिन बेनर्जी भन्छन्, ‘आरोप लगाउन त निकै सजिलो छ तर के साउदी अरबबाट विभिन्न प्रकारको फन्डिङ हुँदैन । कतारसँग निकै पैसा छ तर ती पैसा अल कायदालाई वा तालिबानलाई गइरहेको छ भन्ने कुरा यकिनका साथ भन्न सकिन्न । प्रतिबन्ध लगाउनुको पछाडि ठूलै राजनीति छ ।’

सम्बन्ध तोड्ने तत्कालीन कारणः

साउदी अरब र अन्य देशले जुन प्रकारकाले कतारसँग कूटनीतिक सम्बन्ध तोडेको छ त्यसको तत्कालीन कारण के रह्यो, चरमपन्थको मुद्दा वा अन्य केही ।

पाकिस्तानमा लाहोर इस्लामी दुनियाँको राजनीति बुझ्ने पत्रकार राशिद हुसेन भन्छन्, ‘तत्कालीन कारण त कतारका शिखको त्यो विवादित मेसेज हो जसमा उनले क्षेत्रमा स्थिरता ल्याउनका लागि इरान निकै आवश्यक भएको बताएका थिए । यद्यपी, कतारले पछि यसमा स्पष्टिकरण दिँदै त्यो उनको आधिकारिक टिप्पणी नभएको बताएका थिए । त्यसपछि ६ मुश्लिम देशले प्रतिबन्ध लगाएर यसको जवाफ दिए ।’

तर कतारसँग इस्लामी दुनियाँका देशले सम्बन्ध तोडेको यो पहिलो घटना भने होइन ।

सन् २०१४ को मार्च महिनामा पनि साउदी अरब, बहराइन र संयुक्त अरब इमिरेट्सले कतारमाथि उनीहरुको आन्तरिक मामलामा दखल दिएको आरोप लगाउँदै आफ्ना राजदूत फिर्ता बोलाएका थिए ।

जवाहर लाल विश्वविद्यालयमा पश्चिम एशिया मामलाका प्राध्यापक आफताब कमाल पाशा भन्छन्, ‘पहिला अरब र फारसको विवाद थियो, पछि शिया सुन्नी विवाद बन्यो र अब अहिले यस्तो विवाद खडा भयो । कतार पहिलेदेखि नै इरानको समर्थन रहेको छ । इरानसँग साउदी अरबको असुरक्षाको भावना अब सार्वजनिक भइरहेको छ ।’

मुस्लिम देशको गठबन्धनमा फाटोः

अरब देशले यो निर्णय यस्तो समयमा लिएको छ जब खाडी देश र छिमेकी ईरानबिच तनाव बढेको छ । अरब यात्राका बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि चरमपन्थको बढावा दिएको आरोप लगाएका थिए ।

यो घटनालाई अमेरिकाको साथी भनिने शक्तिशाली खाडी देशका बिच एक ठूलो फाटोको रुपमा हेरिएको छ ।

राशिद हुसेन भन्छन्, ‘कतारले योभन्दा पहिले पनि प्रतिबन्धको सामना गरिसकेको छ । न त कतार यी देशमा निर्भर छ न नै यी देश कतारमा निर्भर छन् । तर महत्वपूर्ण कुरा के छ भने इरानका विरुद्ध जुन ५४ देशलाई एकटजुट गर्ने कोसिस भइरहेको थियो त्यसमा यो पहिलो फाटो हो ।’

के संकट सुल्झेला ?

इस्लामी देशले कूटनीतिक सम्पर्क तोडेको र समस्त प्रतिबन्धपश्चात् के साँच्चै नै कतार संसारमा एक्लो होला । कतारसँग के विकल्प छ र यो संकटको भविष्य के होला ?

यो प्रश्नको जवाफमा रुबिन बेनर्जी भन्छन्, ‘यो संकट चाँडै नै सुल्झिनुपर्छ किनभने यदि यस्तो भएन वा इरानसँग कतारले राणनीतिक साझेदारी गरे यसले खाडी देशका लागि ठूलै समस्या निम्त्याउँछ । साथै, यदि कतारले चीनसँग साझेदारी गरे अमेरिकाले साउदीसँग मिलेर के गर्ला ?

यद्यपी, कतार र साउदी अरबबिचको यो संकटलाई हल गर्ने प्रयास लगातार जारी छ । कुवेतले यी देशहरुबिच मध्यस्थताको नेतृत्व गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!