विदेश नीतिमा सम्बन्ध विच्छेद गरेका सात देशलाई कतारी विदेश मन्त्रीको यस्तो चेतावनी

Posted on: 09 Jun, 2017


जेठ २६, काठमाडौँ कतारका विदेश मन्त्रीले आफ्नो विदेश नीतिमा कसैलाई पनि हस्तक्षेप गर्ने अधिकार नभएको बताएका छन् । 

कतारको विदेश नीतिमा सम्बन्ध विच्छेद गरेका सात देशको हस्तक्षेप मान्य नहुने मन्त्री शेख महम्मद बिन अब्दुलरहमान अल थानीले बताएका हुन् । समस्या समाधानको कुनै सैनिक उपाय नभएको भन्दै उनले कुटनीतिक माध्यमबाट समस्याको समाधानका लागि आफूहरु तयार रहेको बताए । 

कतारले आतंकवादलाई सहयोग गरेको भन्दै मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले सोमबारदेखि कुटनीतिक सम्बन्ध तोडेका छन् । कतारले भने यो आरोपलाई अस्वीकार गरेको छ ।

यस्तै कुवेतका शासक कतारको समस्या समाधानका लागि भन्दै कतार आइपुगेका छन । बुधबार राती कतार आएका उहाँले कतारका विदेश मन्त्रीसँग भेटवार्ता गर्नु भएको छ । कतारका विदेश मन्त्री शेखले शनिबार रुसी विदेश मन्त्रीलाई भेट्न मस्को जाने तयारी गरेको दोहा न्युजले उल्लेख गरेको छ ।

>> बैदेशिक रोजगारीको सबै डिमाण्ड हेर्न यहाँ क्लिक गर्नुहोस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!