कतारसँग जोडिएका आतंकवादी व्यक्ति र संस्थाको खाता ‘फ्रिज’ हुँदै

Posted on: 10 Jun, 2017

जेठ २७, काठमाडौँ | युएईले कतारसँग जोडिएका आतंकवादी व्यक्ति र संस्थाको खाता ‘फ्रिज’ गर्ने भएको छ । युएईको सेन्ट्रल बैंकले युएईका बैंक तथा वित्तय संस्थामा उनीहरुको बैंक खाता र कतै पनि लगानी भए त्यसलाई ‘फ्रिज’ गर्न निर्देशन दिएको हो ।

युएईसहित अरु चार देशहरुले कतारसँग सम्बन्ध जोडिएका १२ वटा संस्था र ५९ जना व्यक्तिको नाम आतंकवादीको सूचिमा निकालेको छ ।

यी व्यक्ति तथा संस्थाको युएईमा लगानी र बैंकखाता भएमा खोजि खोजि बन्द गर्न सेन्ट्रल बैंकले निर्देशन दिएको गल्फ न्युजले उल्लेख गरेको छ ।गएको सोमबारदेखि युएईसहित अरु सात देशले कतारले आतंकवादलाई सहयोग गरेको भन्दै कतारसँग सम्बन्ध तोडेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!