कतारमा पहिले भन्दा सस्तोमा टर्कीको दूध र दही, के भन्छन नेपालीहरु ?

Posted on: 10 Jun, 2017

जेठ २७, काठमाडौँ | कतारले टर्कीबाट बजारमा माग अनुसार दूध, मोही र दही आपुर्ति हुन थालेपछि कतारमा पहिले भन्दा सस्तोमा  दूध, मोही र दही पाउन थालिएको छ । 

यस अघि साउदी अरवमा पूर्ण निर्भर दूध-दहीको बजार टर्कीबाट पुरा हुन थालेपछि कतारीहरुमा उत्साह थपिएको छ । बजारमा चाहिएजति मात्रामा साग/सब्जी/आलु टमाटर तथा आवश्यक खाद्यान्न पाउन थालिएको छ ।

साउदी अरवसँग दूध, मोही र दहीमा भर परेको कतारमा टर्कीको दूध-दही आवश्यक मात्रामा आउन थालेपछि नेपालीहरुमा समेत उत्साह थपिएको छ ।

कतारका बजारमा दूध प्रतिलिटर ५ रियालमा पाउने ब्यवस्था मिलाएको छ । यस अघि कतारमा सबैभन्दा बढी परिणाममा आउने अल्मराई कम्पनीको दुध देखिन छाडेको छ भने नयाँ ब्राण्डका दुध/दहि आउन थालेको कतारबाट धर्मराज कोइरालाले जानकारी दिएका छन ।

सुपरमार्केटहरुमा दूधको कुनै अभाव छैन । वजारमा नयाँ नयाँ ब्रान्डका खाद्यान्यहरु समेत आउन थालेका छन् । टर्कीबाट दुध,दही,लबन लगायतका अन्य दुधजन्य पदार्थ बिहीबार बेलुका नै कतार भित्रीएको थियो र शुक्रबार बिहान देखि सम्पुर्ण मार्केटहरुमा उपलब्ध रहेका छन्।

कतारमा खाद्यान्न अभाव हुन नदिन बिभिन्न कसरत गरिएको छ । कतार एएरवेजमा समेत खाध्य पदार्थ आपूर्ति भएको छ भने लेबनान,अल्जेरिया र टर्कीबाट खाधान्न सामानहरु भित्रिदैछन् I

साउदी अरेबिया सहित आफ्ना अरब छिमेकी देशहरुबाट नाकाबन्दी बेहोरिरहेको कतारले दबाबका सामु आफ्नो विदेश नीति उसकै शब्दमा ‘आत्मसमर्पण’ नगर्ने बताउँदै आएको छ ।


कतारबाट के भन्छन् नेपालीहरु ?  

हामीले कतारमा नाकाबन्दीको समस्याबारे केहि नेपालीहरुमार्फत जानकारी लिने कोसिस गरेका छौं । जसमध्य अधिकांश नेपालीहरुले कतारमा कुनै समस्या नरहेको बताएका छन् । 

कतारबाट अरुण घलेले बताए अनुसार कतारमा नेपाली अनलाइन मिडियामा आएजस्तो तनावपूर्ण स्थिति छैन । स्थिति सामान्य छ । उनले बिभिन्न अनलाइन मिडियालाई इंगित गर्दै भनेका छन् - 'म अनुरोध गर्दछु, नेपाली मिडियाले लेखेजस्तो समस्या यहाँ छैन, म आग्रह गर्न चाहन्छु गलत समाचार पोष्ट नगरौं ।' 

त्यस्तै साकिर हुसैनले हामीलाई दिएको जानकारी अनुसार कतारमा टर्की र इरानको सपोर्ट भएको हुँदा खानको कुनै समस्या छैन । उनले भनेका छन् 'हामीलाई कुनै समस्या छैन । सामानको ब्राण्ड मात्र परिवर्तन भएको छ ।

त्यस्तै सुवास भट्टराईले भनेका छन् - 'अनलाइनहरुले फेक समाचार दिएर लाखौँ नेपालीहरुको परिवारलाई अत्ताउने काम गराएका छन्, कतारमा कुनै समस्या छैन । 

त्यस्तै कतारबाटै स्यांग्जाका अमिर आलेले नेपाललाई व्यंग्य गर्दै भनेका छन् 'कतारमा समस्या छैन । यहाँ नेपालमा जस्तो कालोबजारी हुँदैन, यहाँ जति अभाव भएपनि फिक्स रेट हुन्छ, बजार गयो ल्यायो ।'


यस बिषयमा तपाइको प्रतिक्रिया...!