कतारी अर्थमन्त्रीले कतार खाद्य संकटबारे यसो भने !

Posted on: 13 Jun, 2017

जेठ ३०, काठमाडौँ । कतारका अर्थमन्त्री अली सरिफ अल इमादीले कतारमा खाद्य संकट नभएको बताएका छन् । 

कतारले आतंकवादलाई सहयोग गरेको भन्दै गएको हप्ता देखि सात देशले कुटनैतिक सम्बन्ध तोडेपछि उत्पन्न समस्याले खाद्य संकट हुने अनुमान गरिएको थियो ।

युएई, साउदी अरब लगायतका देशले हवाई र सामुन्द्रिक बाटो समेत बन्द गरेपनि त्यसले कतारमा खाद्य संकट र सामान आयातमा समस्या नभएको अर्थमन्त्री इमादीले जानकारी दिए ।

कतारले पहिले नै आवश्यक खाद्य लगायत अन्य सामग्री ब्राजिल र अष्ट्रेलियाबाट आपूर्ति गरिसकेको बताइएको छ ।  कतारले ब्राजिल र अष्ट्रेलिया बाहेक अरु थुप्रै देशहरुबाट पनि सामान आयात गर्न सक्ने अर्थमन्त्री इमादीले बताएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन । 

साथै उनले कतारमा संकट हुन्छ भनेर आतिनु पर्ने अवस्था नरहेको पनि बताएका छन् । कतारमा झण्डै साढे चार लाख नेपाली कामदार कार्यरत छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!