साउदी, बहराइन र युएईले कातारबारे थप निर्णय सार्बजनिक गरे

Posted on: 13 Jun, 2017

जेठ ३०, काठमाडौँ । साउदी अरब, बहराइन र युएईले कतारमा उडान भर्ने जहाजलाई हवाई मार्ग प्रयोग गर्न दिने भएका छन् । 

तर कतार एयरवेज जस्ता कतारको व्यावसायिक एयरलाइन्सले भने हवाई मार्ग प्रयोग गर्न नपाउने भएका छन । कतार बाहेकको देशका एयरलाइन्सले यात्रुको राष्ट्रियता सहितको विवरण बुझाएर २४ घण्टा अगाडि नै हवाइ मार्ग प्रयोग गर्ने अनुमती माग्नु पर्ने छ । यात्रु सहित विमानमा कार्यरत कर्मचारीको पनि विवरण बुझाउनु पर्ने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

तर हवाई मार्ग, आतंककारी गतिविधिमा प्रयोग हुन सक्ने तर्फ राष्ट्रसंघको सुरक्षा परिषद्ले गरेको सतर्कतालाई उधृत गर्दै यी तीन देशले राष्ट्रिय सुरक्षाका लागि पूर्व सावधानी अपनाउन सक्ने अधिकार रहेको जनाएका छन् । 

गएको हप्तादेखि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), इजिप्ट तथा बहराइनले कतारसँग कुटनीतिक तथा हवाई, समुद्री र स्थल सम्बन्ध तोडेका थिए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!