सुसाइड नोट लेख्दै नेपालीमूलका भुटानी सरणार्थीद्वारा अमेरिकामा आत्महत्या

Posted on: 14 Jun, 2017

जेठ ३१, न्युयोर्क | भुटानी सरणार्थीको रुपमा सन् २००९ देखि अमेरिका बस्दै आएका एक जना नेपालीमुलका भुटानी सरणार्थीले आत्महत्या गरेका छन् ।

अमेरिकाको टेक्सास स्थित डालासमा बसोबास गर्दै आएका ४३ वर्षीय हरि अधिकारीले डालासको फोर्टवर्थको आफ्नै घर बाहिरको रूखमा भुन्डिएर आत्महत्या गरका हुन् ।

सोमबार बिहानै काममा जानुपर्ने अधिकारीको गाडी घर कम्पाउन्डमै भएपछि श्रीमतीले खोजी गर्दा उनी भुन्डिएको अवस्थामा भेटिएका थिए । 

उनले डालासमा घर समेत किनिसकेका अधिकारीले आत्महत्या अघि सुसाइड नोट लेख्दै आफ्नो मृत्युको जिम्मेवार कोही नभएको उल्लेख गर्दै आफुले काम गर्ने ठाउँमा हुने 'टर्चर' कै कारण आत्महत्या गर्नुपरको लेखेका छन् । अधिकारीकी श्रीमती, १६ वर्षीय एक छोरा एवं ९ वर्षीया छोरी छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!