साउदी अरेबियाले कतारबारे थप रहस्य सार्बजनिक गर्यो

Posted on: 14 Jun, 2017

जेठ ३१, काठमाडौँ । साउदी अरेबियाले कतार प्रतिबन्धको अवस्थामा नरहेको दाबी गरेको छ । 

साउदी अरेबियाका विदेश मन्त्री अदेल अल–जुबेइरले आफ्नो देशले कतारमाथि प्रतिबन्ध नलाएको दाबी गर्दै कतार प्रतिबन्धको अवस्थामा नरहेको बताएका छन । वासिङटनमा अमेरिकी विदेशमन्त्री रेक्स टिल्लर्सनसँगको भेटवार्ताको क्रममा साउदी अरेबियाका विदेशमन्त्री अल–जुबेइरले आफ्नो देशले कतार एयरवेज तथा कतारका अरु विमान कम्पनीलाई आफ्नो देशमा उडान भर्न नदिएको तर अरु देशका विमानलाई आफ्नो देशको विमानस्थल प्रयोग गरेर कतार जान दिएकाले कतार प्रतिबन्धको अवस्थामा नरहेको दाबी गरेका छन् ।

साउदी अरेबियाका विदेशमन्त्री अल–जुबेइरले भने- ‘कतारमाथि प्रतिबन्ध लगाएको होइन । कतारलाई आवतजावतमा रोक लगाएको छैन । बन्दरगाहा र विमानस्थल खुला छन् । हामीले उनीहरुलाई हाम्रो हवाई क्षेत्र प्रयोग गर्न नदिएका हौं । अरु देशका विमान कम्पनीलाई होइन । यो हाम्रो सार्वभौम अधिकार हो ।’

कतारका लागि बन्दरगाहा खुला रहेको र कतारले सामग्री आफूले चाहेको ठाउँमा लान पाउने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!