अफगानिस्तानमा बम विस्फोट, आठ जनाको मृत्यु

Posted on: 16 Jun, 2017

असार २, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा शुक्रबार विहान सर्वसाधारण यात्रा गरिरहेको एक सवारी साधनमा विस्फोटक पदार्थ ठोकाएर गराइएको दुर्घटनामा चार अफगान नागरिकको मृत्यु भएको छ । 

लाघमान प्रान्तको अलिन्गारमा स्थानीय समयाअनुसार बिहानै ५: ३० मा सो दुर्घटना भएको समाचमरा जनाइएको छ । निर्माधीन इलाकातर्फ गइरहेको सो सवारी साधन बमसँग ठोकिएको प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा तालिवान आतङ्ककारी समूहले यो आक्रमण गराएको भन्दै यसको निन्दा गरिएको छ । यसैगरी शुक्रबार अफगानिस्तानको राजधानी काबुलको पश्चिमी भागमा रहेको सिया मस्जिदलाई लक्षित गरी एक आतङ्ककारी आक्रमण गरिएको छ । 

सो आक्राण्मा एकजना प्रहरीसहित चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य चार सर्वसाधारण र चार प्रहरी घाइते भएका छन् । 

अफगानिस्तानमा यस वर्षको सुरुदेखि तीन महिनाभित्र भएका विभिन्न आतङ्ककारी घटनामा परी ७१५ सर्वसधारणको मृत्यु भएको छ भने एक हजार ४६० जना घाइते भएका छन् । रासस/सिन्ह्वा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!