कतारले अमेरिकासँग किन गर्यो यस्तो खतरनाक सम्झौता ?

Posted on: 17 Jun, 2017


असार ३, काठमाडौँ  । कतारको रक्षा मन्त्रालयले अमेरिकासँग १२ विलियन डलर बराबरको ‘एफ–१५’ युद्ध बिमान खरिद गर्ने सम्झौता भएको जनाएको छ । 

सम्झौता पत्रमा कतारका रक्षामन्त्री खालिद अल अत्तियाह र अमेरिकी रक्षामन्त्री जिम माटीजबीच बुधबार सम्झौता भएको हो । साउदी नेतृत्वमा युएई, बहराइनलगायत नौ देशले कतारसँग कुटनीतिक सम्बन्धबिच्छेद गरेको दोश्रो साता कतारले अमेरिकासँग युद्ध बिमान खरिद गर्ने समझदारी गरेको हो ।

 रोर्यटसका अनुसार अमेरिकाले कतारलाई ३६ वटा युद्ध बिमान बिक्री गर्नेछ । अमेरिकासँग साउदीले एकसय १० विलियन डलरको हतियार किन्ने समझदारी गरेको अलजजिराले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदीको भ्रमण गर्ने बेला यो सम्झौता भएको थियो ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!