अमेरिकी नौसेनाको पानी जहाज अर्को जहाजसंग ठोक्कियो, सात जना बेपत्ता

Posted on: 17 Jun, 2017


असार ३, काठमाडौं । अमेरिकी नौसेनाको एउटा पानी जहाज जापानको समुद्री क्षेत्रमा अर्को पानी जहाजसँग ठोक्किँदा चालक दलका सात सदस्य बेपत्ता भएका छन् ।

दुई वटा पानी जहाज ठोक्किँदा भएको घटनामा तीन जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि योकोसुकाको अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटनामा हराएकाहरुको खोजी भइरहेको अमेरिकी अधिकारीले बताएका छन् ।

अमेरिकी नौसेनाको युएसएस फिट्जेरल्ड पानी जहाज सामान बोक्ने अर्को पानी जहाजसँग योकोसुकाको दक्षिण–पश्चिम तर्फको समुद्री क्षेत्रमा ठोक्किएको हो ।

योकोसुकाको दक्षिण–पश्चिमी तटीय क्षेत्रबाट एक सय तीन किलोमिटर पर प्रशान्त महासागरमा भएको दुर्घटनामा नौसेनाको पानी जहाजको दायाँ भागमा ठूलो क्षति पुगेको छ ।

दुर्घटनाग्रस्त १५४ मिटर लामो नौसेनाको पानी जहाज योकोसुका तर्फ आउँदै गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!