कतारमाथि निगरानी राख्ने संयन्त्र आवश्यक: युएई

Posted on: 18 Jun, 2017

असार ४, काठमाडौँ । युएईले कतारमाथि निगरानी राख्ने संयन्त्र आवश्यक भएको बताएको छ । 

युएईका परराष्ट्र मन्त्री डा. एनवार मोहम्मद गरगाशले युएई सहित साउदी, इजिप्ट र बहराइनले पनि कतार माथि विश्वास गर्न नसक्ने भन्दै कतारमाथि निगरानी राख्ने संयन्त्रको आवश्यकता भएको बताएका हुन् । जसका लागि पश्चिमा देशहरुको सहयोग आवश्यक रहेको उनको भनाई छ । 

‘कतारले आतंकवादलाई सहयोग नगरेको बताए पनि त्यसका लागि स्पष्ट रणनीति हुनु पर्छ, नत्र बानी हो जति बेला पनि परिवर्तन हुन सक्छ । हामीलाई कतारप्रति शुन्य प्रतिशत पनि विश्वास छैन् । त्यसैले कतारलाई निगरानी गर्ने संयन्त्र चाहिन्छ’ मन्त्री गरगाशले भने ।

कतारले कुनै पनि आतंकवादीलाई सहयोग गरेको छैन भनेर विश्वासको वातावरण सिर्जना गर्न निगरानी गर्ने उद्देश्यले संयन्त्र निर्माण गर्नु पर्ने उनको भनाई छ । आतंकवादलाई सहयोग गरेको भन्दै कतारसँग कुटनीतिक सम्बन्ध तोड्ने देशको संख्या युएई सहित ९ पुगेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!