६.८ रेक्टरको शक्तिशाली भूकम्पको धक्का

Posted on: 23 Jun, 2017

असार ९, ग्वाटेमाला सिटी । ग्वाटेमालामा बिहीबार बिहान सवेरै ६.८ रेक्टर स्केलको भूकम्प गएको छ । यस भूकम्पबाट प्रमुख पर्यटकीय सहर एनिगुआमा रहेका सरकारी कार्यालयका र अन्य भवनहरु क्षतिग्रस्त भएका छन् । 

स्थानीय समय अनुसार बिहीबार बिहान ६: ३१ मा यस गएको यस भूकम्पको केन्द्रविन्दु प्रशान्त महासागरीय सहर पुइर्टो सान जोसे बाट ३८ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । 

यस भ्कम्पको कम्पन दक्षिणी मेक्सिको र एल साल्भाडोरमा पनि महसूस गरिएको सो संस्थाले बताएको छ । यस भूकम्पबाट मध्य ग्वाटेमालाको सहर एनिगुआमा कैयौँ ऐतिहासिक भनव अवस्थित रहेका छन् । 

यो सहर भूकम्पको केन्द्रविन्दु रहेको सहरजस्तै पुरानो र ऐतिहासिक हो । यस भूकम्पबाट व्यक्तिहरु मारिएका खबर भने हालसम्म प्राप्त नभएको तर यसबाट चार व्यक्ति घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । रासस/सिन्ह्वा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!