कतारमामाथि थप नाकाबन्दी लगाउने चेतावनी

Posted on: 07 Jul, 2017


असार २३, काठमाडौँ । साउदी अरबको नेतृत्वमा खाडीका चार राष्ट्रले कतारमाथि थप नयाँ नाकाबन्दी लगाउने चेतावनी दिएका छन् । 

साउदी अरब, बहराइन, मिश्र तथा संयुक्त अरब इमिरेट्सले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै चेतावनी दिएको बीबीसीले जनाएको छ । विज्ञप्तिमा भिनएको छ, 'कतारलाई चार राष्टरको माग सम्बोधन नगरे क्षेत्रीय सुरक्षामा थप खतरा पैदा हुनेछ । साथै थप नयाँ नाकाबन्दी समेत तत्काल हुनेछ ।' तर चार राष्ट्रले कतारमाथि कस्तो प्रकारको नाकाबन्दी लगाउने भन्‍नेबारे खुलाइएको छैन ।

पछिल्लो समय चार राष्ट्रले आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोप लगाउँदै कतारसँगको कुटनीतिक सम्बन्धलाई तोडेका छन् भने चरमपन्थीसँगको सम्बन्धलाई अलग राख्‍न माग गरेका छन् ।

यता,चार राष्ट्रको सबै आरोपहरुलाई नकार्दै कतारले ती राष्ट्रका माग अस्विकार गरिदिएको थियो । कतार र चार खाडी मुलुकहरुको सम्बन्ध जोड्न अमेरिकी विदेशमन्त्री सोमबारदेखि नै कुवेतको यात्रा गर्ने र यसले सम्बन्ध बलियो बनाउन सहायक बन्‍ने बीबीसीले उल्लेख गरेको छ ।

विहीबार जारी गरिएको बयानमा चार मुलुकु (साउदी, बहराइन, मिश्र तथा संयुक्त अरब इमिरेट्स)ले आर्थिक र राजनीतिक प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!