भारतलाई चीनको खतरनाक चेतावनी, अब के हुन्छ ?

Posted on: 25 Jul, 2017

साउन १०, बेईजिङ । भारतसंग केही समय अघिदेखि विवाद परिरहेको सीमाक्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ । 

चीनले भनेको छ, जस्तोसुकनै अवस्थामा पनि सार्वभौमिकताको रक्षाका लागि हामी हाम्रा सेना उक्त क्षेत्रमा थप खटाउनेछौँ ।  चीन, भुटान र भारतको सीमाक्षेत्रमा पर्ने उक्त क्षेत्रमा गएको महिना दिनभन्दा लामो समयदेखि सो विवाद रहिआएको छ । 

सो विवादका कारण उक्त क्षेत्रमा चीनले निर्माण गर्न लागेको सडक पनि स्थगित भएको छ । चीनले आफ्नो तर्फबाट उक्त स्थानमा सडक निर्माण गर्न लागेको छ । भारतले सो सडक निर्माण कार्य रोक्नु भनेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!