सिरियाली हवाई आक्रमणमा परी ५ बालबालिकासहित ४३ जनाको मृत्यु

Posted on: 27 Jul, 2017


साउन १२, सिरिया । इस्लामिक स्टेट्स (आइएस)को नियन्त्रणमा रहेको उत्तरी र पश्चिमी सिरियामा भएका हवाई कारबाहीमा कम्ती ४३ सर्वसधारणको मृत्यु भएको मानवअधिकारवादी समूहले जानकारी दिएको छ । 

सिरियाको पूर्वी प्रान्त देइर अल जोउरमा भएको हवाई कारबाहीमा कम्तीमा १४ सर्वसधारणको मृत्यु भएको सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्सले जानकारी दिएको छ । 

यस अक्रमणमा १८ वर्ष मुनिका पाँच बालबालिकाको मृत्यु हुनुको साथै अन्य चार महिलाको मृत्यु भएको सो अधिकारवादी संस्थाले जानकारी दिएको छ । 

त्यसैगरी उत्तरी सहर राक्कामा बुधबार नै भएको अर्को हवाई आक्रमणमा कम्ती २९ व्यक्तिको मृत्यु भएको थियो । यी हवाई आक्रमणहरु अमेरिका आवद्ध थियो या रुस सो भन्ने बारेमा केही स्पष्ट भएको छैन । रासस/सिन्ह्वा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!