पनामा पेपर प्रकरण: पाकिस्तानी प्रधानमन्त्री पदका लागि अयोग्य

Posted on: 28 Jul, 2017


साउन १३, काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरीफलाई सार्वजनिक पदमा बस्न अयोग्य ठहर गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सईद खोसा र गुलजार अहमद पाँच सदस्यीय इजलासले पनामा पेपरमा मुछिएका नवाज शरिफलाई अयोग्य ठहर गरेको हो । अब उनले राजीनामा दिनु पर्नेछ ।

कालो धन जम्मा गरेको आरोपमा शरीफ दोषी ठहर भएको बीबीसीले जनाएको छ । २०१६ मा सार्वजनिक भएको पनामा पेपरमा शरिफले आफ्ना सन्तानको नाममा विदेशी बैंकमा पैसा राखेको खुलासा भएको थियो । 

 उनले हालै सर्वोच्च अदालतमा यस मुद्दाको छिटो फैसला सुनाउनुपर्ने माग गर्दै अपिल समेत गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!