पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफद्वारा राजीनामा

Posted on: 28 Jul, 2017

साउन १३, काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदका लागि अयोग्य ठहर गरेलगत्तै पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले पदबाट राजीनामा दिएका छन् । 

प्रधानमन्त्रीको पाँच वर्षे पूर्णकार्यकाल पूरा गर्न एक वर्ष बाँकी छँदै शरीफ पद छाड्न बाध्य भएका छन् । पनामा पेपर्सले नवाज शरीफ र उनका परिवारका सदस्यहरुले कालो धन राखेको तर सम्पत्ति विवरणमा नदेखाएको खुलासा गरेको थियो । त्यसैलाई टेकेर उनीविरुद्ध विपक्षी दलका नेता इमरान खानलगायतले अदालतमा मुद्दा दायर गरेका थिए ।

सोही मुद्दामा पाँच सदस्यीय पूर्ण इजलासले सर्वसम्मत रुपमा प्रधानमन्त्री शरीफ, उनकी छोरी र छोरी ज्वाइँलाई दोषि ठहर गरेको छ । यद्यपी शरीफ परिवारले कालो धन राखेको आरोप अस्वीकार गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!