चीनमा भूकम्प, १३ जनाको मृत्यु, १७५ घाइते

Posted on: 09 Aug, 2017


साउन २५, बेइजिङ । चीनको सिचुआन र गान्सु सीमा क्षेत्रमा मंगलबार साँझ गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तिमा १३ पुगेको अधिकारीहरूले जनाएका छन् ।

अन्य एक सय ७५ जना घाइते भएका छन् । सिचुआन प्रान्तको जिउचेइगउ काउन्टीको आकस्मिक सेवा कार्यालयका अनुसार सात रेक्टरस्केलको धक्का महशुस भएको थियो ।

भूकम्प प्रभावित क्षेत्रमा रहेका ३१ हजार पाँच सय पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीय प्रशासनहरुले मुन उपत्यकाका चाङ्चा सहर, सेराटन रिसोर्टलगायतमा आकस्मिक सेल्टर खडा गरेका छन् ।

हालसम्म सात सय ७० भन्दा बढी पराकम्पन महशुस भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति सी जिनपिङले तत्काल उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!