कमैलाई थाहा भएको भारत–चीनबिचको तनावको वास्तविक कारण यस्तो छ

Posted on: 15 Aug, 2017 | views: 1849


साउन ३१, काठमाडौँ । डोकलाम वा डोका ला मा वास्तवमा के भएको थियो ? भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको शिखर सम्मेलनपूर्व यो गतिरोधको सुरुवात हुनु एक संयोगमात्र हो वा चीनद्वारा आयोजित ओबीओआर कन्फरेन्समा भारतले भाग नलिएको दुष्परिणाम हो ?

थुप्रै अनुमान लगाइँदै छ तर दुबै देशका सरकारबाहेक निकै कम मानिसलाई थाहा छ कि अहिलेको गतिरोधका पछाडिको वास्तविकता के हो ।

भारतीयलाई लाग्छ कि चीनले तनाव बढाइरहेको छ । चीनलाई लाग्छ कि यस्तो काम भारतले गरिरहेको छ । तीब्र गती भएको संचार साधनको यो समयमा जसले जे बुझेको छ, त्यसैलाई वास्तविक मानिन्छ । तर दुबै सेनाको बन्द ढोकाभित्रबाट केही प्रकाश आइरहेको छ ।

सिक्किम र भुटानको बिचमा रहेको चुम्बी घाटीको सबैभन्दा टाढा रहेको पहाडमा चीनले एक सडक बनाइरहेको छ जुन डोकलामको मैदानको रुपमा चिनिने इलाकासम्म जानेछ ।

वास्तविक विवाद चीन र भुटानमा छः

यो इलाकामा चीन र भुटान दुबैको दाबी छ । तिब्बत र भुटानका याक र चारखुट्टे जनावरले यो मैदानको प्रयोग गर्दछ ।

भारतीय सेनालाई लाग्छ कि यहाँ सडक बन्दा चीनले डोकलाममा तोप तैनाथ गर्न सक्छन् । यसले भारतका ती इलाकामा ठूलो खतरा हुनेछ जुन उसका लागि रणनीतिक रुपले निकै महत्वपूर्ण र संवेदनशील छन् । उत्तर पूर्व भारतका लागि यही बाटो हो ।

यो पातलो र लामोजस्तो देखिने इलाका भारतमा ‘चिकेन्स नेक’ वा ‘कुखुराको गर्धन’ को नामले चिनिन्छ । नक्सामा चुम्बी घाटी सानो तरवारजस्तो देखिन्छ जसले सिक्किम र भुटानलाई मात्रै नभई असम र बाँकी पूर्वोत्तरलाई पनि भारतबाट अलग्याएको छ ।

मित्रता सन्धीः

वास्तविक रुपमा भन्नुपर्दा ताजा विवाद चीन र भुटानबिच हो । भुटान सन् १९१० मा बेलायत भारतको संरक्षित देश बनेको थियो । एक सन्धीमाथि हस्ताक्षर गरेपछि यसको विदेश र रक्षा मामलाको संचालन बेलायत भारतको राज्य शासन विधिअन्तर्गत थियो ।

भुटान ती सुरुवाती देशमध्येको एक हो जसले सन् १९४७ मा स्वतन्त्रता पाएपछि भारतलाई राष्ट्रको रुपमा मान्यता दिइएको थियो । त्यति बेलादेखि यी दुई देशबिचको सम्बन्ध निकै नजिक छ । जब सन् १९५० मा चीनले तिब्बतलाई आफूसँग मिलायो, भारत र भूटानको सम्बन्ध थप प्रगाढ भयो ।

चीनको भारत र भुटानको सीमाको विषयमा विवाद चलिरहेको छ । अगस्ट सन् १९४९ मा भारत र भूटानबिच ‘ट्रीटी अफ फ्रेन्डशिप’ वा ‘मित्रता सन्धी’ भएको थियो जसमा भूटानले आफ्नो विदेश नीतिमा भारतसँग ‘मार्गदर्शन’ लिने सहमती दिएको थियो । रक्षा र विदेश मामलामा दुबै देश एक–अर्कासँग विचार विमर्श गर्नेबारे पनि तय भएको थियो ।

भूटानको दृष्टिकोण महत्वपूर्ण रह्योः

यो सन्धीको विषयमा सन् २००७ मा दुबै देशमा पुनः चर्चा भयो र नयाँ मित्रता सन्धीमा हस्ताक्षर भयो । यो सन्धीमा भुटानद्वारा विदेश नीतिमाथि भारतबाट मार्गदर्शन दिने प्रावधानलाई व्यापक प्रभुसत्तासँग परिवर्तन गरियो । वास्तवमा भुटान अत्यधिक संवेदनशील भौगोलिक स्थानमा छ ।

यस्तो अवस्थामा यदि भूटानको सीमामा परिवर्तन हुनसक्ने कुनै दबाब पर्यो भने भारतले सैन्य दृष्टिकोण अपनाउनुनै पर्छ ।

बेइजिङको तर्फबाट गरिएका विभिन्न टिप्पणीका अनुसार भारत बिना भुटानसँग कुराकानीका लागि कदम उठाइरहेको छ जसको अर्थ यो हुन्छ कि यो उसको अनुमती बिना यी सबै कुरा गरिरहेको छ । तर जून ३० तारिखमा भारतका विदेश मन्त्रालयले बयान जारी गर्यो जसले यी मामलामा भारत र भूटान दुबैको स्थिती स्पष्ट गर्यो ।

भूटान सरकारः

भारतीय विदेश मन्त्रालयले १६ जूनमा पीएलएको निर्माण समूह डोकलाम आएको र सडक बनाउने कोसिस गरेको स्पष्ट गर्यो ।

त्यसपछि रोयल भूटान आर्मीले चीनियाँ सेनाको यो एकपक्षीय गतिविधिलाई रोक्न आग्रह गर्यो । त्यसपछि डोका ला इलाकामा रहेका भारतीय सैनिकले भूटान सरकारसँग तालमेल मिलाउनका लागि चीनियाँ सैनिकलाई यथास्थितीलाई नबदल्न आग्रह गरे ।

२० जूनमा भूटानका राजदूतले पनि नयाँ दिल्लीमा चीनियाँ दूतावासमार्फत् चीनियाँ सरकार सामू आपत्ति जनाए । भुटान आफ्नो अडानमा सुरुदेखि नै स्पष्ट रहेको छ । विदेश मन्त्रालयले यो पनि भन्यो कि त्यसपछि भारत र चीनका विदेश मन्त्रालयका बिच यसबारे चर्चा भइरहेको छ ।

सम्झौताको उल्लंघनः

यो बयानमा चीनद्वारा केही समय अघि उठाइएको कदमको विषयमा भारत चिन्तित भएको बताइएको थियो । यस्तो प्रकारको निर्माणले यथास्थिती परिवर्तन हुने र भारतका लागि सुरक्षाको दृष्टिकोणले समस्या पैदा हुनेबारे पनि चीनियाँ सरकारलाई अवगत गराइएको छ ।

सन् २०१२ को सम्झौतामा भारत, चीन र अन्य देशबिच मिल्ने सीमाको सम्बन्धित देशका बिच विमर्श पछि निर्णय गरिने तय भएको थियो । भारतका अनुसार जुन प्रकारले तीन देशको सीमा मिल्छ, त्यहाँ एकतर्फी गतिविधिले यो सम्झौताको उल्लंघन हो । अन्य गलत बुझाईले दुबै देशबिच एक–अर्काको धारणालाई गलत साबित गरेको छ ।

चीन विरोधी गुटः

भारत र चीनबिच प्रभाव बढाउने होड र आफसी दुश्मनीको विषयमा चीनियाँ विशेषज्ञले भारत सन् १९६२ मा सीमाको विषयमा भएको युद्धको लज्जास्पद हारबाट उत्रिएको छैन भन्ने ताजा गतिरोधले देखाएको बताएका छन् ।

बेइजिङको एक दृष्टिकोण यो पनि छ कि चीनलाई काउन्टर गर्नका लागि भारत ती चीन विरोधी गुटमा सक्रिय भूमिका निभाइरहेका छ जसमा अमेरिका, जापान, अष्ट्रेलिया र भियतनाम समावेश छन् ।

तनावपूर्ण सम्बन्धः

भारतलाई यो लाग्छ कि चीनले जानीजानी संयुक्त राष्ट्र सुरक्षा समिती र न्यूक्लियर सप्लायर्स ग्रुपजस्ता ग्लोबलजस्तो मञ्चमा भारतको प्रवेशको विरोध गर्दछ ।

पछिल्लो महिना बेइजिङमा भएको बिल्ट एन्ड रोड समिटमा भारतको अनुपस्थितीलाई चीनियाँ मिडियाले भारत र चीनको तनावपूर्ण सम्बन्धको प्रमाण स्वरुप पेश गरेका थिए ।

हुन त दुबै देशको आर्थिक र व्यापारिक सम्बन्ध बढिरहेको छ तर दुबै देश एक–अर्काका लागि सशंकित पक्कै छन् । -मोहन गुरुस्वामी /बीबीसी । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!