'जापानी आकाशमाथिको मिसाइल परीक्षण सुरुवात मात्र हो' - किम जोन

Posted on: 30 Aug, 2017

भदौ १४, एजेन्सी | उत्तर कोरियाले जापानी आकाशमाथि मंगलबार बिहान प्रहार गरेको मिसाइललार्इ 'सुरुवात मात्र हो' भन्दै थप आतंक सृजना गर्नसक्ने संकेत दिएको छ । 

मंगलर बिहानको मिसार्इल परीक्षणको विश्वभर कडा आलोचना भर्इरहेका बेला उत्तरले भने यसलार्इ थप परीक्षणका लागि सुरुवात मात्र भएको बताएको छ । प्रशान्त क्षेत्रमा सैन्य अभ्यासको सुरुवात भन्दै उत्तरले थप परीक्षण गर्ने चेतावनी दिएपछी उत्तरकोरिया थप कठोर रुपमा उत्रन सक्ने संकेत देखिएको अधिकारीहरुको विश्लेषण छ ।

उत्तर कोरियाले परिक्षण गरेको मिसाइल जापानी आकाश हुँदै जापानको उत्तरी होक्काइदो आर्इस्ल्याण्डमा खसेको थियो । मिसाइल जापानको आकास माथि आउनासाथ जापानमा साइरन बजेको थियो भने तत्काल जापानका प्रधानमन्त्रीले आफ्ना देशका नागरिकलार्इ सुरक्षित रहन आग्रह गरेका थिए ।

त्यस्तै मंगलबार अमेरिका र जापानले संयुक्त राष्ट्रसंघसँग यथासिघ्र बैठक बोलाउन अपिल गरेका थिए । त्यस्तै संघको सुरक्षापरिषद्को आपतकालीन बैठकले मिसार्इल परीक्षणको कडा शब्दमा भर्त्सना गरेको थियो । त्यस्तै अर्को शक्ति राष्ट्र रसियाले समेत उत्तर कोरियाको बिरोध गरेको थियो । 

अमेरिका र दक्षिण कोरियाका सेनाबीचको संयुक्त सैन्य अभ्यासको जवाफमा मिसार्इल परीक्षण गरिएको उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसिएनएले उल्लेख गरेको छ । केसिएनएको समाचार अनुसार कोरियाली नेता किम जोनले थप मिसार्इल आक्रमण गर्न निर्देशन दिएको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!