ओसामा बिल लादेनले आजकै दिन अमेरिकामा हमला गर्नुको कारण यस्तो थियो

Posted on: 12 Sep, 2017

एजेन्सी | अमेरिकामा आजकै दिन अर्थात सेप्टेम्बर ११ का दिन आतंककारी हमला भएको थियो । २००१ मा आजकै दिन आतंककारी संगठन अल-कायदाले अमेरिकामा सबैभन्दा ठूलो हमला गरेको थियो । जसले सिंगो अमेरिकानै हल्लाईदियो ।

पछिल्लो एक डक्युमेंट्रीमा त्यस हमलाको बिषयलाई लिएर केहि नयाँ दावा गरिएको छ । उक्त डक्युमेंट्रीमा भनिए अनुसार ओसामा बिन लादेनले उक्त हमला आफ्नो परिवार टुटेको दु:खमा गरेको बताइएको छ । उनि आफ्नो परिवार टुट्नुमा अमेरिकालाई दोषी ठान्थे । यसै कारण उनले अमेरिकाको ट्वीनटावरमा हमला गरेका थिए ।

हिस्ट्री च्यानको डक्युमेंट्री रोड टू 9/11 को अनुसार, ओसामाले निजी कारणले अमेरिकामा हमला गरेका थिए । डक्युमेंट्रीमा तीन भागमा देखाइएको छ कि कसरी करीब एक दशक पहलेदेखि एकपछि अर्को घटना घटे र त्यस घटनाको परिणाम के भयो भन्ने देखाईएको छ । डक्युमेंट्रीको अनुसार, ९० को दशकमा ओसामा आफ्नो परिवारसँग सूडानमा आफ्नो सुखद जिन्दगी गुजारा गर्दै थिए । यसैबीच अमेरिकी सरकारले ओसामालाई सूडानबाट बाहिर निकाल्नको लागि त्यहाँको सरकारलाई दवाब दियो र ओसामा देश छाड्न बाध्य भए । त्यहाँ बस्न नपाएपछी परिवारलाई लिएर अफगानिस्तान पुगे, तर त्यतिबेला अफगानिस्तानको स्थिति निकै खराब थियो ।

अफगानिस्तान करीब एक दशकदेखि सोवियत यूनियनबाट युद्धको सामना गर्दैथियो, जसको कारण त्यहाँ बिजुली जस्तो आवश्यक सुविधा थिएन । डक्युमेंट्रीको अनुसार, यसै कारण ओसामाको दोश्री श्रीमती खदीजा शरीफले ओसामासँग बस्न अस्विकार गरिन् । खदीजा पेशाले विश्वविद्यालयमा लेक्चचर थिइन् । खदीजा ओसामालाई छोडपत्र (डीभोर्स) दिएर आफ्नो छोरासँग साउदी अरब गइन्, जसको कारण ओसामा निकै दु:खी बने ।

ओसामा आफ्नो परिवार टुटेपछी तयसको जिम्मेवार अमेरिका भएको भन्दै अमेरिकाको बिरोधि बने । किनकी अमेरिकाकै दबावमा उनलाई सुडान छोड्न परेको थियो साथै आफ्नी पत्नीसँग डिभोर्स दिनु परेको थियो ।

सेप्टम्बर ११ को अमेरिका हमलाको बारेमा लेखिएको लरेंस राइटको कितावमा समेत यसै कुरा उल्लेख गरिएको छ । डक्युमेंट्री अनुसार, यिनै घटना पछी लादेनले अमेरिकाबिरुद्ध १२ पन्ने घोषणापत्र लेखे ।

डक्युमेन्ट्री लेखक राइटर स्टीव कोलको अनुसार, ओसामा अमेरिकामा सिर्फ इस्लामिक दुनियाको कारण नभई आफ्नो व्यक्तिगत कारण पनि अमेरिका हमला गर्न चाहन्थे । कोलको अनुसार, ‘अमेरिकाले ओसामालाई अफगानिस्तान पठाएर यस्तो सोचेको थियो ताकी उसले आफुलाई परेको समस्यालाई उसले भुल्न सक्छन् । तर, ओसामाले फरक सोच राखे । जसको ठुलो रुप संसारले हल्लाउने गरि अमेरिकामा देखियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!