उत्तर कोरियाले जापानलाई समुद्रमा ‘डुबाइदिने’, अमेरिकालाई ‘खरानी’ बनाइदिने

Posted on: 15 Sep, 2017

भदौ ३०, रोयटर्स | उत्तर कोरियाले जापानलाई समुद्रमा ‘डुबाइदिने’, अमेरिकालाई ‘खरानी’ बनाइदिने कडा चेतावनी दिएको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार राष्ट्रसंघद्वारा मंगलबार पारित नयाँ नाकाबन्दीमा प्रमुख भूमिका खेलेको भन्दै उसले अमेरिका र जापानलाई यस्तो चेतावनी दिएको हो ।

उत्तर कोरियाले आफ्ना शक्तिशाली परमाणु हतियार प्रयोग गरी जापान र अमेरिकाको अस्तित्व सिध्याउने जनाएको हो । अमेरिकाले उत्तर कोरियामा आपूर्ति हुने तेलमा पूर्णप्रतिबन्ध लगाउने प्रस्ताव पेस गरेपनि सुरक्षा परिषद्ले उसको कच्चा तेलमाथि मात्र प्रतिबन्ध लगाएको थियो । 

उत्तर कोरियाको छेउको जापानको अब कुनै अस्तित्व आवश्यक नभएको भन्दै जापानलाईइ परमाणु बमद्वारा समुद्रमा डुबाइदिने उत्तर कोरियाको चेतावनी छ । कोरिया एसिया–प्यासिफिक पिस कमिटीले जारी गरको विज्ञप्तिमा यस बिषयमा उल्लेख छ । त्यस्तै, अमेरिका बारे लेखिएको छ, ‘अमेरिकी मुख्य भू–भागलाई खरानी र अन्धकारमय बनाऔं । आजसम्म हामीलेगरका तयारीहरूको सकेसम्म प्रयोग गरौं ।’ 

उत्तर कोरियाले यस अघि प्योङयाङले हाइड्रोजन बम परीक्षण गरपछि राष्ट्रसंघ सुरक्षा परिषदले थप नाकाबन्दी लगाएको हो । सुरक्षा परिषद्बाट मंगलबार उत्तर कोरियाले परमाणु कार्यक्रमका लागि रकम जुटाउन निर्यात गर्ने कपडा तथा तेलको आपूर्ति लक्षित नाकाबन्दी लगाएको थियो । उक्त प्रस्तावहरू सुरक्षा परिषद्बाट सर्वसम्मत पारित भएका थिए ।

प्रतिबन्धको प्रतिक्रिया दिँदै उत्तर कोरियाएले आफूविरुद्धका सुरक्षा परिषद्का निर्णयलाई पैसामा बिकेको भन्दै आरोप समेत लगाएको छ ।  यता जापानले भने उत्तर कोरियाको पछिल्लो अभिव्यक्ति ‘एकदमै भड्काउपूर्ण र आश्चर्यजनक’ रहेको प्रतिक्रिया दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!