दक्षिण कोरियाको ठूलो कम्पनी सामसुङका प्रमुखले दिए राजिनामा

Posted on: 13 Oct, 2017


असोज २७, सोल ( रासस/सिन्ह्वा) | विद्युतीय सामाग्री उत्पादन गर्ने दक्षिण कोरियाको ठूलो कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका प्रमुखले पदबाट राजिनामा दिनुभएको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्वोन ओह ह्युनले प्रविधिको बढ्दो चुनौतीलाई सामना गर्न आफुले नसक्ने भएकाले नयाँ युवालाई अवसर दिनका लागि आफुले पद त्याग गरेको बताउनु भएको छ । 

पदत्याग गर्नेबारे आफुले केही समयअघिदेखि नै सोचिरहेको र अहिले मात्रै कार्यान्वयनको चरणमा पुगेको उहाँको भनाइ छ । 

उहाँले कार्यकारी प्रमुखको जिम्मेवारी छोडेपछि कम्पनीको बोर्ड सदस्यमा भने सन् २०१८ सम्म रहिरहने कम्पनीले जनाएको छ । 

दक्षिण कोरियामा सामसुङ कम्पनीसँग सम्वन्धित झण्डै ६० वटा कम्पनीहरु रहेकाले देशको ठूलो व्यापारिक समूहमा पर्दछ । 

सामसुङ कम्पनीमा दक्ष कर्मचारीहरू एकपछि अर्को गरी पर्याप्त भएकाले उहाँको बहिर्गमनले कम्पनीको व्यापारमा खासै असर नपर्ने कम्पनीका उच्च अधिकारीहरूले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!