खाडी संकट समाधानका कतारी राजाको यस्तो आव्हान

Posted on: 19 Oct, 2017

कात्तिक २, दोहा (रासस/सिन्ह्वा) | कतारका राजा सेख तमिम बिन हमद अल थानीले जारी कतार संकट समाधानका लागि वार्तामा बस्न बुधबार आह्वान गर्नुभएको छ । 

इन्डोनेसियाको राजधानी जाकर्ताको दक्षिणी क्षेत्रमा पर्ने बोगोरमा रहेको राष्ट्रपति कार्यालयमा राष्ट्रपति जोको विडोडोसँगको भेटपछि उहाँले पत्रकारहरूसँग यस्तो बताउनु भएको कतार न्युज एजेन्सीले जनाएको छ । 

समस्या समाधानका लागि कतार सधैँ वार्ताका लागि तयार रहेको हामीले भनेका छौं, हामीलाई यो पनि थाहा छ की यो समस्या बल्झाएर कसैले जित्ने होइन, उहाँले भन्नुभयो । 

कतारी राजा अल थानीले थप्नुभयो, “हामीहरू सबै जना दाजुभाइ हौँ, तर पनि हामी यस्तो संकटबाट गुज्रिरहेका छौं ।” 

कतारी राजासँग ४० जना व्यवसायीसहितको टोली थियो । उनीहरूले पनि खाडी संकट समाधानका लागि आग्रह गरेका थिए । 

गत जुन ५ देखि साउदी अरबको नेतृत्वमा युएई, बहराइन र इजिप्टले कतारमाथि नाकाबन्दी गरेका छन् । 

कतारले आतंककारीहरूलाई सघाएको नाकाबन्दी गर्ने देशहरूको आरोप छ भने उनीहरूको आरोपलाई कतारले अस्वीकार गर्दै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!