लेवनानले लगायो साउदी अरबलाई यस्तो खतरनाक आरोप

Posted on: 11 Nov, 2017

कात्तिक २५, रियाद । लेबनानका हिजबुल्ला नेता हसन नसरल्लाहले साउदी अरबले लेबनानविरुद्ध युद्ध छेडेको आरोप लगाएका छन् ।

लेबनानका प्रधानमन्त्री साद अल हरीरीले राजीनामा दिएपछि हिजबुल्ला नेताको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । लेबनानी प्रधानमन्त्री हरीरीले साउदी अरबको राजधानी रियादबाट आफ्नो राजीनामा पत्र पठाएका थिए ।

हिजबुल्ला नेता हसन नसरल्लाहले साउदी अरबले हरीरीलाई जबरजस्ती रोकेर राखेको र लेबनानविरुद्ध इजरायललाई भड्काएको आरोप लगाएको बीबीसीले लेखेको छ ।

शक्तिशाली हिजबुल्ला शिया आन्दोलनलाई इरानको समर्थन छ जो लेबनान र यस इलाकामा तनाव बढाउनका लागि साउदी अरबको जिम्मेवार ठहर्याएको छ । शनिबार हरीरीले रियादको एक टेलिभिजन प्रसारणमार्फत् आफ्नो हत्याको षडयन्त्र भइरहेकाले भन्दै राजीनामाको घोषणा गरेका थिए ।

लेबनानी राष्ट्रपति मिशेल आउन र अन्य वरिष्ठ राजनेताहरुले उनलाई स्वदेश फर्किन आह्वान गरेका छन् । लेबनानले हरीरीलाई साउदी अरबको घरमा नजरबन्दमा राखेको र उनीमाथि दबाव बढाइएको आशंका गरेको छ । लेबनानले हरीरीको राजीनामा अस्वीकार गर्दै आएको छ ।

हरीरीले टेलिभिजन सम्वोधनमार्फत् राजीनामा घोषणा गरेपछि सार्वजनिक रुपमा थप अभिव्यक्ति दिएका छैनन् । बिबिसीबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!