भ्रष्टाचारको छानविन गर्न थालेपछि सैन्य अधिकारीद्वारा आत्महत्या

Posted on: 28 Nov, 2017

मंसिर १२, बेइजिङ । चीनको सैन्य आयोगका सदस्य चाङ याङले बेइजिङस्थित आफ्नै घरमा आत्महत्या गरेका छन् । आफूमाथि छानविन थालेपछि उनले आत्महत्या गरेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्हृवाले जनाएको छ ।

उनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

भ्रष्टाचारको आरोप लागेका पूर्वसैन्य अधिकारी गो बोझोङ र जु कोइहोउसँगको सम्बन्धलाई लिएर उनीमाथि छानविन सुरु भएको थियो ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार झाङ याङले अनुशासन र कानुनको गम्भीर उल्लंघन गरेको भेटिएको थियो । साथै उनले घुस लिनका लागि अज्ञात स्थानमा ठूलो मात्रामा सम्पत्ति जम्मा गरेको आशंका गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!