उत्तर कोरियाद्वारा अहिलेसम्मकै ठूलो अन्तरमहादेशीय मिसाइल परिक्षण

Posted on: 29 Nov, 2017

मंसिर १३, काठमाडौँ । उत्तर कोरियाले अहिलेसम्मकै अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । 

उत्तर कोरियाले परीक्षण गरेका मध्ये यो अहिलेसम्मकै ठूलो क्षमताको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल रहेको अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले बताएका छन् । 

उत्तर कोरियाको पछिल्लो कदमले विश्वव्यापी रुपमा खतरा पैदा गरेको उनको भनाई छ । उत्तर कोरियाले बुधरबार परीक्षण गरेको मिसाइल झण्डै एक हजार किलोमिटर दूरी पार गरेर सि अफ जापानमा खसेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । पछिल्लो मिसाइल परीक्षणले अन्तर्राष्ट्रिय स्तरमा चिन्ता थपेको छ ।


यसअघि उत्तर कोरियाले गएको सेप्टेम्बरमा ब्यालेस्टिर मिसाइल परीक्षण गरेको थियो । त्यसको केही  दिनअघि उसले आफ्नो छैटौं परमाणु परीक्षण सफल रुपमा गरेको थियो । 

उत्तर कोरियाले बुधबार साउथ प्योङयाङको प्योङयाङबाट मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको समाचार संस्था योनहापले जनाएको छ । मिसाइल झण्डै ५० मिनेट आकाशमा उडेको तर जापानको भूभागबाट भने नरहेको जाापन सरकारले जनाएको छ ।

यसअघिका परीक्षण भने उत्तर कोरियाले जापानको माथि भएर जाने गरी मिसाइल परीक्षण गर्दै आएको थियो । उत्तर कोरियाको गतिविधिका कारण दक्षिण कोरिया, जापान, अमेरिकासहितका देशमा तनाव बढेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!