साउदी अरबसँग इरानको सुमधुर सम्बन्ध बन्न सक्नेः तर यस्तो सर्त

Posted on: 10 Dec, 2017

मङ्सिर २४, तेहरान, इरान (रासस/एपी) : इरानका राष्ट्रपति हसन रौहानीले यदि साउदी अरबले यमनमाथिको आक्रमणलाई रोकेर इजरायलसँगको सम्बन्धमा पनि सच्चिएर आएमा इरानले रियादसँगको सम्बन्धलाई पुनः स्थापित गर्ने बताउनुभएको छ । 

आइतबार प्रशारण गरिएको सम्बोधनमा रौहानीले भन्नुभयो, “इजरायलसँगको ‘गलत मनसायबाट निर्देशित मित्रता‘लाई त्यागेमा क्षेत्रीय प्रतिद्वन्दीहरू साउदी अरबसँग ‘सुमधुर सम्बन्ध’ कायम गर्नसक्ने विश्वास गर्नुभयो ।” 

उहाँले साउदीले यसका लागि यमनमा गर्दै आएको अमानवीय गोलाबारीलाई रोक्नु पर्ने साथै यमनी हुठी समुहलाई सघाउन छोड्नुपर्ने बताउनुभयो । 

इरान र साउदी अरबबीचको कुटनीतिक सम्बन्ध प्रसिद्ध सिया धर्मगुरुलाई फाँसी दिएपछि बदलामा सन् २०१६ को जनवरीमा इरानी प्रदर्शनकारीले साउदी कुटनीतिक नियोगमाथि हमला गरेपछि ती मुलुकबीचको सम्बन्धमा समस्या देखिँदै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!