राजकुमार ह्यारीको बिहेको मिति तोकियो

Posted on: 16 Dec, 2017

पुष १, लण्डन । बेलायतका राजकुमार ह्यारी र मेघान मार्कलको बिहेको मिति निश्चित भएको छ । 

अर्को वर्षको मे महिनाको १९ तारिखका दिन उहाँहरूको औपचारिक विवाह हुने मिति तय भएको हो । केन्जिङ्टन राजदरबारको पारिवारिक स्रोतले शुक्रबार दिएको जानकारी अनुसार उहाँहरूको विवाह सेन्ट जर्ज चापेल विन्डसर महलमा हुनेछ । 


वैवाहिक समारोहमा सांगीतिक कार्यक्रमसहितको भोजभतेर पनि हुने र त्यसको सबै खर्च राजदरबारले नै बेहोर्ने भएको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् । 

ह्यारी र मेघानकाबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको थियो भने डिसेम्बर १ मा उहाँहरुको संयुक्त तस्बिर पहिलो पटक सार्वजनिक भएको थियो । 

उहाँहरूले पहिलो पटक यही महिना क्रिसमस औपचारिक रुपमा शाही परिबारसँगै मनाउनु हुनेभएको छ । विवाहपछि उहाँहरू केन्जिङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्नुहुने भएको छ । राजकुमार ह्यारी बेलायती राजगद्दिको पाँचौ नम्बरका हकदार हुनुहुन्छ । 

अमेरिकी चर्चित नायिका मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहनुभएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!