महिला यात्रुको कारण यूएईको बिमान ट्युनिसियामा अवतरण गर्न प्रतिवन्ध !

Posted on: 25 Dec, 2017

पुस १०, काठमाडौं । ट्युनिसियाले संयुक्त अरब इमिरेट्स (यूएई)को जहाजलाई राजधानी ट्युनिसमा अवतरण गर्न रोक लगाएको छ । ट्युनिसियाका धेरै महिलाहरुलाई विमानमा यात्रा गर्न अनुमति नदिएको भन्दै ट्युनिसया सरकारले यो कदम उठाएको हो ।

ट्युनिसियाको यस कुराको विरोध हुँदै आएको थियो भने इमिरेट्स एयरलाइन्सप्रति आक्रोश थियो । यातायात मन्त्रालयले एक विज्ञप्तिमार्फत् भनेको छ, ‘जबसम्म इमिरेट्सले अन्तर्राष्ट्रिय सम्झौता र कानुनलाई ध्यानमा राखेर विमान सेवा प्रदान गर्दैन तबसम्म यो प्रतिवन्ध जारी रहने छ ।’

एयरलाइन्सले भने सुरक्षाको कारण ट्युनिसियाका महिलाहरुलाई विमानमा प्रतिवन्ध लगाएको जनाएको छ । संयुक्त अरब इमिरेट्सका विदेशमन्त्री अनवर गार्गशले भने ट्युनिसियाका महिलाहरुप्रति सम्मान रहेको बताएका छन् । उनले ट्वीटरमार्फत् भनेका छन्, ‘हामीले हाम्रा ट्युनिसियाका भाइहरुसँग विशिष्ट प्रक्रियाका लागि जरुरी सुरक्षा जानकारीका बारेमा कुरा गर्‍यौं । हामी ट्युनिसियाका महिलाहरुलाई सम्मान गर्दछौं ।’


यसअघि ट्युनिसिया सरकारले यूएईले ट्युनिसियाका महिलाहरुलाई विमानमा यात्रा गर्न र आफ्नो सीमा हुँदै हिँडडुल गर्न प्रतिवन्ध लगाएको बताएको थियो ।

ट्युनिसिया सरकारले शुक्रबार युएईका राजदूतसँग यसबारेमा स्पष्टीकरण मागेको थियो जसको जवाफमा यूएईले प्रतिवन्ध अस्थायी थियो र यसलाई हटाइसकिएको छ ।

स्थानीय मिडियाका अनुसार ट्युनिसियाका महिलाहरुले दुबईबाट फ्लाइट बोर्ड गर्न रोक लगाइएको थियो । सन् २०११ मा भएको क्रान्तिपछि संयुक्त अरब इमिरेट्ससँग ट्युनिसियाले आफ्नो सम्वन्ध सुधार्ने कोशिस गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!