१६ वर्षकै उमेरमा यस्तो अपराध, हुनसक्छ मृत्युदण्ड !

Posted on: 25 Dec, 2017

अमेरिका (एजेन्सी) | अमेरिकाको जर्जियामा प्रहरीले एक १६ बर्षकी किसोरी र उनको ब्वाईफ्रेन्डलाई डबल मर्डरको आरोपमा पक्राउ गरेको छ । किसोरीले आफ्नो १९ बर्षका व्याईफ्रेन्डसँग मिलेर आफ्नो हजुरबुबा-हजुरआमाको हत्या गरेकि थिइन् । किसोरीले आफ्नो अपराध स्वीकार समेत गरेकी छन् । उनलाई मृत्युदण्डसम्मको सजाय हुन सक्ने बताइएको छ । 

हत्यापछी साथीहरु बोलाएर पार्टी 

प्रहरीले जानकारी दिए अनुसार १६ वर्षकि किसोरीको नाम ससान्द्रा हो । ससान्द्राले आफ्नो ब्याईफ्रेन्ड जोनी राइडरलाई रातको समयमा आफ्नो घरमा बोलाएकी थिइन्, जुन समय ससान्द्राका हजुरबुबा र हजुरआमा सुतिरहेका थिए । यस्तै अवस्थामा दुवैले बेसबल ब्याटबाट उनीहरुलाई हानेर मारिदिए । 


हजुरबुबा र हजुरआमाला मारिसकेपछी उनीहरु रोकिएनन् - ससान्द्रा र जोनीले बेसबल ब्याटले हानेर मारिसकेपछी पनि फेरी घाटी रेटे, अनि मृत सरिरलाई प्लास्टिकको झोलामा बेरेर ओछ्यानमा लुकाए । त्यस्तो हर्कत गरेको दोश्रो दिन उनीहरुले आफ्ना साथीहरुलाई घरमा बोलाएर मज्जाले रक्सि पिए । त्यसपछी दुवैजना करीब चार/पाँच दिनसम्म घरमै बसे उनीहरुले लासबाट गन्ध आउन थालेपछि परफ्यूम प्रयोग गरिरहे । 


घटना घटाएको २/३ दिनपछीदेखि दुवै जना निकै डराउन थाले । जोसमा होस गुमेपछि उनीहरुले मान्छे त मारे तर अब कसरी अपराधबाट बच्ने भन्नेमा तनाव सुरु भयो । डरकै कारण उनीहरुले घरमै ड्रग्स प्रयोग गर्थे । 

प्रहरीलाई ससान्द्राले दिएको बयान अनुसार उनले हजुरबुबा र हजुरआमा मार्नुको कारण पनि खुलाएको छ । आफ्नो ब्याईफ्रेन्ड र साथीहरुसँग मोजमस्ती गर्न नदिएको कारण हत्या गर्नुपरेको ससान्द्राले बयानमा भनेकी छन् ।

छिमेकीलाई शंका लागेपछि खुल्यो राज... 

घटनाको खुलाशा तब भयो जब छिमेकीहरुलाई शंका लाग्यो, किनकी केहि दिनदेखि रैन्डाल र वेन्डीलाई छिमेकीले देखेनन् । एक छिमेकीले प्रहरीलाई यसबारे जानकारी गराए । जब प्रहरी पुग्यो तब ससान्द्रा चुपचाप भित्र बासिन्, गेट नखुलेपछि  त्यस दिन प्रहरीले घरमा अरु कोहि छैन भन्ने ठानेर फर्कियो । तर प्रहरी फेरो दोश्रो दिन उक्त घरमा पुग्यो, त्यस दिन पनि घरबाट कुनै आवाज आएन । घरको भित्रबाट गन्ध आएको थाहा पाएपछी प्रहरीले घरको ढोका फोडेर भित्र गयो र मृत सरिर बरामद गर्यो ।

प्रहरी आएपछी भागेका थिए जोडी 

ससान्द्राले दिएको बयान अनुसार प्रहरी घरमा आएको दिन उनीहरुलाई लाग्यो - अब प्रहरीले पक्राउ गर्छ । तब उनीहरु शहर छाडेर भागेका थिए । छिमेकीको बयान अनुसार प्रहरीलाई ससान्द्राप्रति शंका उत्पन्न गराएको थियो । ससान्द्रा फरार भएपछी खोजीको लागि प्रहरीले डिसेम्बरमा एउटा बिज्ञापन समेत निकाल्यो । त्यसपछि ससान्द्रा र उनको ब्याईफ्रेन्डलाई प्रहरीले पक्रिन सफल भयो ।

पक्राउपछि अदालतमा ससान्द्राले आफ्ना हजुरबुबा-आमाको हत्या गरेको स्वीकार गरिन् । तर, उनको ब्याईफ्रेन्डले भने हत्यामा संलग्न भएको कुरा अस्विकार गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!