साउदी अरबमा पुरुषले खेले फुटबल खेल तर महिलाले बनाए इतिहास !

Posted on: 13 Jan, 2018

पुस २९, काठमाडौँ । साउदी अरबमा शुक्रबार पहिलोपट महिलाले दर्शक दीर्घामा बसेर फुटबल खेल हेरेका छन् । 

जेद्दाहको  एक रंगशालामा खेल हेर्नका लागि महिला फ्यानहरु पनि पुगेका थिए । उनीहरु फेमेली गेट बाट स्टेडियममा प्रवेश गरेर फेमिली सेक्सनमा बसेर खेल हेरेका थिए । 

साउदी अरबका लागि यो एक एतिहासिक क्षण थियो । यहाा देशकों देखि महिलामाथि कायौं किसिमका पावन्दी लगाइएको छ । जसमध्ये केहीलाई हटाइएको छ । 

यस महिना कुल तीन स्टेडियममा गएर साउदी महिलाले खेल हेर्न सक्ने छन् । यो राजकुमार मोहम्मद सलमानको अगुवाइमा गरिएको सुधार हो । 

शुक्रबार नै साउदीमा एक अर्को पनि परिवर्तन भएको छ । जेद्दाहमा पूर्ण रुपमा महिला ग्रहकका लागि भन्दै देशकै पहिलो कार शोरुम खुलेको छ । 

केही महिना अघि मात्र महिलालाई कार चलाउने अनुमति साउदीमा प्रदान गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!