भारतलाई पाकिस्तानले दियो यस्तो कडा चेतावनी, अब के होला स्थिति ?

Posted on: 14 Jan, 2018

पुस ३० काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल विपिन रावतको बयानमा पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ । 

पाकिस्तानले भारतलाई कुनै ‘सम्भावित कारवाही’ का लागि चेतावनी दिँदै आफूसँग भएको परमाणु हतियार पूर्वबाट आउने कुनै पनि खतरासँग सामना गर्न सक्ने गरी बनाइएको जानकारी दिएको छ । 

यसअघि भारतीय सेना प्रमुख विपिन रावतले बुधबार आफ्नो सेना पाकिस्तानको ‘परमाणु धम्की’ सँग सामना थगर्न तयार भएको बताएका थिए । उनले सरकारले आदेश दिएमा भारतीय सेना पाकिस्तानको सीमा पार गर्न कुनै संकोच नराख्ने पनि उल्लेख गरेका थिए । 

सेना प्रमुख रावतले प्रेस कन्फ्रेन्समा भनेका छन्-, ‘हामी पाकिस्तानको परमाणु धम्कीको जवाफ फर्काउँछौँ । पर्यो भने हामी पाकिस्तानसँग परमाणु हतियार छ भन्दैमा सीमा पार गर्न डराउँदैनौँ ।’

भारतीय सेनाको भनाईप्रति पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले भारतबाट हुने कुनै पनि हमलाको सामना गर्न आफूहरु तयार रहेको बताएका छन् । 

पाकिस्तानी सरकारी टेलिभिजनसँग कुरा गर्दै उनले भारतलाई चेतावनी दिँदै भने-, ‘उनीहरु के गर्न चाहन्छन् यो उनीहरुको कुरा हो । यदि हाम्रो धैर्यताको परीक्षा लिन चाहन्छन् भने त्यसको परिणाम भोग्न उनीहरु तयार भए हुन्छ ।’

पाकिस्तानी सेनाका प्रवक्ता गफूरले रावतको टिप्पणी कुनै पनि सेना प्रमुखले गर्ने जस्तो पनि नभएको बताए । उनले सेना प्रमुख जस्तो व्यक्तिलाई यस्तो टिप्पणी गर्न सोभा नदिने समेत बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!