सुडानमा युद्धविरामको तयारी, अर्को महिना वार्ता हुने

Posted on: 29 Jan, 2018

माघ १५, खार्तुम (रासस/सिन्ह्वा) | सुडानको विद्रोही समूहसँग शान्तिवार्ताको तयारी भएको र यसका लागि युद्धविराम हुने भएको समाचार छ । 

सुडान पिपुल्स लिबरेसन्स मुभमेन्ट नामक सो विद्रोही समूह र सरकारबीच सोमबार युद्धविरामका लागि तयारी भएको समाचारमा जनाइएको छ । 

प्राप्त समाचारअनुसार युद्धविरामका लागि तयारी जारी रहेको छ र सरकारी वार्ता समिति र विद्रोही वार्ताटोलीबीच आगामी फेब्रुअरी महिनामा वार्ता हुने जनाइएको छ । 

आगामी शुक्रबारसम्ममा युद्धविरामको घोषणा हुनेछ र अर्काे महिनाको मध्यतिर वार्ता हुने कार्यक्रम बनाइएको छ– एकजना सरकारी अधिकारीले भने । 

उनका अनुसार शान्ति वार्ता भने इथियोपियाको राजधानी आदिस अबाबामा हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!