अफगानिस्तानमा कारबाहीमा २५ आतङ्ककारी मारिए

Posted on: 03 Feb, 2018

माघ २०, अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिवानको अखाडालाई लक्ष्य गरी सरकारी बल गरेको कारबाहीमा परी कम्तीमा २५ आतङ्ककारी मारिएका छन् । 

गत २४ घण्टायता यो कारबाही जारी रहेको प्रहरी प्रवक्ताले शनिबार जानकारी दिएका छन् । यस कारबाहीमा कुख्यात तालिवान कमाण्डर मवलावी युसुफसहित चार कमाण्डर मारिएका छन् । 

यस इलाकामा शान्ति नभएसम्म तालिवानविरुद्ध सुरक्षा कारबाही जारी रहने प्रहरी प्रवक्तले जानकारी दिएका छन् । तालिवान आतङ्ककारी समूहले भने यस कारबाहीको विषयमा केही टिप्पणी गरेका छैनन् । रासस/सिन्ह्वा

यस बिषयमा तपाइको प्रतिक्रिया...!