बेचिएकी महिलाको पीडा– ‘छोराले बलात्कार गरिरहँदा बुवाले उसलाई फिल्म देखाइरहे’

Posted on: 08 Feb, 2018

‘म असी हजार रुपैयाँमा बेचिए

‘मलाई डेढ लाख रुपैयामा बेचे’

‘मलाई पाँच लाख रुपैयाँमा बेचिएको थियो’ 

यो कुनै उत्पादनको दाम होइन । यो ती युवतीहरुको वास्तविकता हो जो दलालका कारण देह व्यपारमा बेचिएका छन् । भारत आन्ध्र प्रदेशकी रायलसीमा क्षेत्रको अनन्तपुर र कुडप्पा जिल्ला सुख्खाका कारण नराम्ररी प्रभावित भएको छ । 

यस जिल्लाबाट युवतीहरु दिल्ली, मुम्बइ तथा पुणे जस्ता शहरका लागि तस्करी भइरहेका छन् । बीबीसीले अनन्तपुर जिल्लाका तीन महिलासँग कुराकानी गरेको छ जो शरीर बेच्नुपर्ने धन्धाबाट स्वतन्त्र भएका छन् । 


यी युवतीहरु लामो समयदेखि शारीरिक तथा भावनात्मक पीडा झेलेर बसेका थिए । रमा देवीलाई दलालले महाराष्ट्रमा ८० हजारमा बेचेका थिए । त्यहाँ आउने ग्राहकलाई खुसी पार्नु उनको काम थियो । उनलाई ग्रहकसँग घिनौना काम गर्नुपर्ने हुन्थ्यो । 

विद्रोही स्वभावका उनको घरमा ६ वर्षको छोरीसमेत थिइन् । एकजना चिनेको महिलासँग सिनेमा हेर्न गएकी उनी विउझिदा महाराष्ट्रमा थिइन् । पछि उनी त्यहाँबाट निस्कन सफल भइन् । 

पार्वती

पार्वतीका दुई बच्च छन् । घर चलाउन आर्थिक समस्या परेपछि उनी साउदी अरब गइन् । तर दलाले उनलाई रोजगारी दिने भन्दै पठाएका थिए तर उनी बेचिएकी रहिछिन् ।  

साउदी अरबको एक घरमा उनलाई राखिएको थियो । त्यस घरमा कयौं पुरुष हुन्थे । एक ९० वर्षको व्यक्तिले आफ्नो बलात्कार गर्न खोजेको उनले बताइन् । त्यसको चंगुलबाट आफू जसरी तसरी निस्किएको उनले बताइन् । 

अर्को दिन घरका मालिकका छोराले उनको बलात्कार गरेको थियो । आफ्नो छोराजस्तै उमेरको मालिकको छोरासँग सुत्न उनका परिवारले बाध्य पारेका थिए । नमाने शरीरमा चुरोटहरु झोस्थे । 

आफ्नो छोरा सरहको केटासँग सुत्न परेको थियो पार्वतीलार्इ । उसले अाफूलार्इ बलात्कार गर्दा उसको वुवा मोबाइलमा पोर्न भिडियो देखाइरहेको हुन्थ्यो । 

एक हप्तासम्म उनीहरुले आफूलाई खान नदिएको उनले बताइन् । अत्याचार सहन नसकि उनले आत्महत्या गर्ने सोच बनाए पनि सफल नभएको बताइन् । अन्तिममा आफू प्रहरीको डर देखाएर भाग्न सफल भएको उनले बताइन् । -बीबीसी हिन्दीबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!