हवाईजहाजभित्र नांगै भएर यात्रुले तमासा गर्न थालेपछि जहाज आकासबाटै फिर्ता (भिडियो सहित)

Posted on: 09 Feb, 2018

एजेन्सीको सहयोगमा | अमेरिकाको सिएटलबाट एन्कोरेजका लागि उडेको एउटा जहाज पुनः एन्कोरेज विमानस्थलमै फिर्ता गराइएको छ । 

मध्य आकाशमा उडिरहेको उक्त अलास्का एयरलाइन्स-146 को जहाजभित्र एकजना यात्रुले रेस्टरुम भित्र छिरेर नांगै निस्किएर तमासा देखाएपछी जहाजलाई उडान भरेकै विमानस्थलमा फर्काईएको हो ।

संचारमध्यमहरुले जनाए अनुसार उक्त जहाजमा नांगै तमासा देखाउंदै गरेका यात्रुलाई एयर होस्टेजहरुले कपडा लगाएर आफ्नो सिटमा गएर बस्नका लागि बारम्बार आग्रह गरेपनि उनले अस्विकार गरी नांगै उफ्रिन थालेका थिए । त्यसपछि जहाजको पाइलटलाई उक्त परिस्थितिको जानकारी गराइएको थियो । लगत्तै पाइलटले जहाजलाई सिएटल लग्नुको साटो फर्काएर एन्कोरेज नै फिर्ता गराउन छिटो हुने ठानी जहाज मोडेका थिए । उक्त रातको तीन बजे एन्कोरेज विमानस्थलमा फिर्ता भएर अवतरण गरियो ।

जहाज अवतरण भएपछि एफबिआई र प्रहरीले जहाजभित्रबाट उक्त व्यक्तिलाई बाहिर निकाल्यो । ती मानिसलाई बाहिर निकालेपछि साढे ६ बजे पुन: पाइलटले जहाजलाई सिएटल तर्फ उडाएका थिए । 

भिडियो हेर्नुहोस्

यस बिषयमा तपाइको प्रतिक्रिया...!