मस्कोबाट रसियातर्फ उडेको विमान दुर्घटनाग्रस्त, यात्रु जिवित भेटाउनसक्ने सम्भावना कम

Posted on: 11 Feb, 2018

माघ २८, मस्को, रसिया | मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि छुटेको १४८ यात्रुभार क्षमताको एक विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ । 

विमानमा रहेका छ जना चालक दलका सदस्यसहित सवै ७१ जना यात्रु जीवित रहेनसक्ने आशा गौण रहेको रसियाली अधिकारीलाई उद्धृत गर्दै इन्टरफ्याक्स न्यूज एजेन्सीले आइतबार जनाएको छ । 

विमान रसियाको राजधानी मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट रसियाकै पश्चिमी ओरेन्वर्ग क्षेत्रको ओस्र्कका लागि छुटेको थियो । 


विमान दुर्घटनास्थलमा रसियाली अधिकारी पुगिनसकेको तर विमान आर्गुनोभोको ग्रामिण इलाकामा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको छ । विमान चालक दलका सदस्य तथा यात्रुलाई जिवित भेटाउनसक्ने सम्भावना नरहेको स्रोतले जनाएको छ । 

इन्टरफ्याक्सको अर्को एक जानकारी अनुसार विमान दुर्घटनास्थलबाट दुई मृत शरीरलाई क्षतविक्षत अवस्थामा भेटाइएको खबर छ । यसको सरकारी अधिकारीले पुष्टी भने गर्न बाँकी नै छ । 

रसियाली यातायात मन्त्रालयले इन्टरफ्याक्सलाई दिएको जानकारी अनुसार विमान दुर्घटना मौसम खराब भएका कारण वा मानवीय कमजोरीका कारणलगायतका केही अन्य कारणले भएको हुनसक्ने देखिएको छ । यद्यपि यसबारे थप अनुसन्धानपछि मात्र भन्न सकिने मन्त्रालयले बताएको छ । 

रसियिाली छानविन समितिले दुर्घटनाको कारण अध्ययन गरी प्रशासनलाई प्रतिवेदन बुझाउन काम शुरु गरिसकेको बताएको छ । रसियाली यातायात मन्त्री माक्सिम सोकोलोभ घटनाबारे बुझ्न र मृतकका आफन्तलाई सान्त्वना दिन दुर्घटनास्थलतर्फ उडिसक्नुभएको छ । - (रासस/सिन्ह्वा) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!