५० बर्ष अघि यस्तो देखिन्थ्यो दुबई (हेर्नुहोस् १२ तश्विर)

Posted on: 12 Feb, 2018

हामी जसले अहिलेको दुबईलाई राम्ररी नियालेका छौं, सायद हामी आफै पनि ५० बर्ष अघिको दुबईको यी तश्विर देखेर आश्चर्यमा पर्नेछौं को पछिल्लो ५० बर्षमै दुबईले कतिसम्मको प्रगति गरेछ भनेर , यहाँ आज हामीले दुबईको १९६० देखि ७० को दशकको केहि तश्विरहरु देखाईरहेका छौं, जसमा शहर विकास र हालको उच्च महल देख्न पाइन्न ।

हालको युएई सहर मिडल ईस्टको बिजनेस हब मात्र नभई, संसारभरका यात्रुहरु तथा कार्गोको लागि ट्रान्सपोर्ट हब बनेको छ । तर, १९७० भन्दा पहिले शेखहरुको यस शहरको अवस्था अहिलेको भन्दा अर्कै थियो । त्यतिखेर संसारका शहर भन्दा दुबईको शहर निकै पछाडी परेको थियो । त्यतिबेला अहिलेको जस्तो न उच्च इमारत थियो नत सडकहरुमा महंगा गाडीहरु गुड्थे । 

- १९६० सम्म दुबईको अर्थतन्त्र व्यापारमा भर पर्थ्यो, त्यतिबेलासम्म इन्धन ब्यापारको खासै चर्चा थिएन् । 

- १९६० मा आएपछी  दुबईमा तेलको पत्ता लाग्यो, त्यसपछि अन्तराष्ट्रिय इन्धन कम्पनीहरुको स्थापना हुन थाले । 

- शहरमा तेलको खोजको साथै विदेशका कर्मचारीहरु आउन लागे । १९६९ देखि पहिलो पटक इन्धनमार्फत कमाई हुन सुरु भयो । 

- तेलबाट आएको आर्थिकले यहाँ बिकास सुरु हुन थाल्यो । १/२ दशकसम्म यहाँ इन्धन उत्खननको स्थिति निकै नाजुक थियो, किनकी यहाँ आयल रिजर्व सीमित थियो र उत्पादन पनि निकै कम थियो ।

- त्यसपछि निरन्तर यहाँ इन्धनले अर्थतन्त्रमा कायापलट गर्यो, दुबई शहर बिकासको गतिमा यसरी लम्कियो जो अहिले हामी आफैले अनुभव गर्न सक्छौं ।

हेर्नुहोस् यहाँ पहिलेको अवस्था: 

>> दुबईमा सेखहरु पसलमा यसरी बेच्थे सामान । तश्विर हेरेरै थाहा हुन्छ कि उनीहरु कति खुसि थिए ? 

>> दुबैको जुमेराह बीच रोडमा खच्चर गाडीमार्फत तेल लगिंदै ।

>> यो तश्विर दुबईको ओल्ड शेख जाएद रोडको हो ।

>> यो तश्विर १९७० को हो, जसमा एयरपोर्टबाट यात्रुहरु उत्रिरहेका छन् ।

>> सन् १९८४ को यस तश्विरमा डेरा स्ट्याकको नजिक क्लक टावरको आस-पास भएको बिकास देख्न सकिन्छ ।

सेतो मार्बलबाट बनेको जुम्मेराह मस्जिद नजिकै कुदिरहेको कार ।
दुबईको कल्चरल ल्याण्डमार्क अल-नाएफ सकमा बसिरहेका मानिसहरु, यो ठाउँ २००८ मा लागेको आगोले खरानी भएको थियो, जसलाई धनी शेखहरुले पैसा दिएर पुन: २०१० मा बनाएका हुन्।
सिमेन्टबाट बनेको अस्थाई पुलमा मानिसहरु । यो अहिले राशिद पोर्टको नामले चिनिन्छ ।
सडकको किनारामा बसेर एक व्यक्ति हुक्का पिउंदै जडी-बुटी र कागती बेच्दै ।
दुबईको बन्दरगाहको १९६० मा लिईएको तश्विर ।
दुबईको डाउनटाउनको बजारको यो फोटो पनि १९६० कै हो ।
मानिसहरु घरको बाहिर बसेर गीत बजाउंदै । यिनिहरु माछा मार्ने र मोती खोज्ने काम गर्थे ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!