प्रियंकाको लागि आज कालो दिन ! अमिताभले पहिलो ट्वीटमा के लेखे ?

Posted on: 25 Feb, 2018

फागुन १३, काठमाडौँ | बलीवुड अभिनेत्री श्रीदेवीको निधन भएको छ । ५४ बर्षको उमेरमा उनको हृदयघातको कारण मृत्यु भएको हो ।

श्रीदेवीको सोकमा सबैभन्दा पहिलो ट्वीट गरेका अमिताभ बच्चनले अचम्मको घवराहट भएको भन्दै ट्वीट गरेका छन् । यस्तै श्रीदेवीको निधन प्रति बिभिन्न बलीवुड स्टारहरुले ट्वीट गर्दै श्रद्धांजलि दिएका छन् । 

त्यस्तै बलिवुड स्टार प्रियंका चोपडाले आफ्नो ट्वीटरमा श्रीदेवीको निधनप्रति शोक व्यक्त गर्दै लेखेकी छन्, "के भनु । श्रद्धांजलि। हामी सबै श्रीदेवीलाई मायाँ गर्थ्यौं । कालो दिन । RIP" (नेपालीमा अनुवाद)

आफ्नो भान्जाको विवाह समारोहमा युएईको दुबई पुगेकी श्रीदेवीको असामयिक निधन भएको थियो । श्री अम्मा एङ्गर अयप्पन श्रीदेवी खास नाम भएकी उनले बलिउड प्रवेश गर्नुअघि तमिल, तेलेगु, मल्यालम तथा कन्नड भाषाका फिल्ममा काम गर्थिन्। सन् १९७५ मा बलिउडमा बाल कलाकारका रूपमा प्रवेश गरेकी श्रीदेवी १३ वर्षको उमेरमा तमिल भाषाको ‘मुनरूदु मुडिचु’ फिल्म व्यस्क भूमिकामा काम गरेकी थिइन्। श्रीदेवी भारतकी सर्वाधिक ठूलो महिला स्टार मध्येकी एक हुन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!